इन्टरयाक्ट लेकसाइडको अध्यक्षमा मदरल्याण्डका निर्देश

-


     पोखरा क्लिक     
     भाद्र २९ गते २०८२ मा प्रकाशित


पोखरा, २९ भदौ,

इन्टरयाक्ट क्लव अफ पोखरा लेकसाइडको पाँचौ पदस्थापना समारोहवाट निर्देश वाँस्तोला अध्यक्षमा चयन भएका छन् । अध्यक्ष वाँस्तोला मदरल्याण्ड स्कूलमा विज्ञान विषय लिएर कक्षा १२ पढ्दै छन् । 

हालै सम्पन्न भएको पदस्थापनावाट निवर्तमान अध्यक्षमा सुयोग अधिकारी, उपसभापति द्धयमा मृदुल जंग पाण्डे र सम्पदा लम्साल, सचिवमा दिव्या पराजुली, सहसचिवमा अमिर चौधरी, कोषाध्यक्षमा ज्ञापन वराल, सह कोषाध्यक्षमा रक्षा अधिकारी, प्रमुख सम्पादकमा श्रीस पौडेल चयन भएका छन् । त्यसैगरी सह सम्पादकमा विराज सुवेदी, इभेन्ट कोर्डिनेशन चियर सुजल सिलवाल, क्लव मेम्वरसिप चियरमा प्रिरिका बराल, क्लव सर्भिस निर्देशकमा आशोतोस सुद, कम्युनिटी सर्भिस निर्देशकमा सम्बोदन कुँवर, प्रोफेसनल सर्भिस निर्देशकमा निश्चल बाँस्तोला, अन्तराष्ट्रिय सर्भिस निर्देशकमा कृपा वराल, पव्लिक रिलेशन निर्देशकमा बिभुती पाण्डे, मिडिया हेडमा मञ्जील अर्याल, आइटी हेडमा विशाल लम्साल, आइटी अफिसरमा रिवाज आचार्य, सर्जेन्ट एट आम्समा अदिति पराजुली, इभेन्ट कोर्डिनेशन चियर सिद्धार्थ थापा, इभेन्ट कोर्डिनेशन सदस्य शिष्टता अधिकारी, इभेन्ट कोर्डिनेशन एलभिना वराल र इभेन्ट कोर्डिनेशन सदस्य मञ्जील वराल रहेका छन् । 

डिआइआर शुसान अधिकारीले कार्यक्रमको उद्घाटन गरेका थिए । इन्टरयाक्ट क्लव अफ पोखरा लेकसाइडका निवर्तमान अध्यक्ष सुयोग अधिकारीले आफ्नो कार्यकालमा सम्पन्न भएको कार्यक्रमको जानकारी दिएका थिए भने अध्यक्ष निर्देश वाँस्तोलाले आफ्नो कार्यकालको भावी योजनाहरु प्रस्तुत गरे । इन्टरयाक्ट क्लव अफ पोखरा लेकसाइडका पूर्व अध्यक्ष आइसा कार्कीले नयाँ कार्यसमितिलाई शुभकामना दिएकी थिइन् । त्यसैगरी अध्यक्ष निर्देश वाँस्तोलाको परिचय साहित्यमय लयमा रोटरी क्लव अफ पोखरा लेकसाइडका पूर्व अध्यक्ष शोभाकान्त सिग्देलले दिए । रोटरी क्लव अफ पोखरा लेकसाइडका अध्यक्ष राजेन्द्र लिगलले युवाहरु सदैव सकारात्मक सोच लिएर अगाडि बढ्नु पर्ने धारणा राखे ।

डिष्ट्रिक्ट ट्रेनर शुसान्त ज्ञवालीले तालिमको महत्व वारे प्रकाश पारेका थिए । कार्यक्रम संचालन क्लवका सचिव दिव्या पराजुली र सिद्धार्थ थापाले संचालन गरेको कार्यक्रममा सवैलाई मन्त्रमुग्ध पारेका थिए ।