पत्रकार विष्ट पुरस्कृत, लक्ष्मी विद्या पदकबाट ३ जना उत्कृष्ट विद्यार्थी सम्मानित

-


     पोखरा क्लिक     
     भाद्र १४ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १४ भदौ,

नेपालकै प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले स्थापना गरेको र पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको लक्ष्मी विद्या पदक शनिबार एक विशेष समारोहका बीच तीन जना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको छ । संघको ७१औँ साधारण सभाको उद्घाटन सत्रमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई सम्मान गरिएको हो ।

व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तह (एमबीएस) र स्नातक तह (बीबीए तथा बीबीएस) मा सर्वाधिक अंक ल्याएर उत्तीर्ण हुनेलाई यो पदक दिइँदै आएको छ । यस वर्षको लक्ष्मी विद्या पदक–२०८१ बाट एमबीएसतर्फ दीपा तिवारी (पृथ्वी नारायण क्याम्पस), बीबीएतर्फ प्रमिशा सापकोटा (ला ग्राण्डी इन्टरनेशनल कलेज) र बीबीएसतर्फ विजय सुवेदी (पृथ्वी नारायण क्याम्पस) सम्मानित भएका छन् । तिमीले जान्नुपर्ने अर्को कुरा के हो भने, पदकसँगै स्नातकोत्तर विद्यार्थीलाई रु. २५ हजार र स्नातक विद्यार्थीलाई रु. १५ हजार नगद पुरस्कार दिइएको छ । ताम्रपत्र, दोसल्ला र मालासहितको सम्मान नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, संघका अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक सुनिल श्रेष्ठले प्रदान गरेका हुन् ।

सम्मानित दीपा तिवारीले यो पदकले आफूलाई जीवनमा थप उर्जा र प्रेरणा दिएको भन्दै लक्ष्मी ग्रुप, पोखरा उद्योग वाणिज्य संघ र आफ्ना प्राध्यापकहरूप्रति आभार प्रकट गरिन् । तिमीलाई जानकारीका लागि, हालसम्म ७३ जना विद्यार्थी यो पदकबाट सम्मानित भइसकेका छन् । सन् १९९८ मा ‘पोखरेली नवरत्न’ सम्मान प्राप्त बुद्धि बहादुर श्रेष्ठले अक्षयकोष स्थापना गरेर सुरु गरेको यो पदक कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको हो ।

आर्थिक पत्रकारिता पुरस्कारबाट मोहनकुमार (आरजु) विष्ट सम्मानित
संघकै साधारण सभाको अवसरमा पिसिसिआई आर्थिक पत्रकारिता पुरस्कार–२०७९ बाट वरिष्ठ पत्रकार मोहनकुमार (आरजु) विष्ट सम्मानित भएका छन् । समारोहमा प्रमुख अतिथि अन्जन श्रेष्ठ, अध्यक्ष गोकर्ण कार्की लगायतले उनलाई नगद रु. २५ हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरे ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय विष्ट सन् २००१ (२०५८ साल) देखि रेडियो अन्नपूर्णमा निरन्तर कार्यरत छन् । हाल सफलन्यूज डटकमसहित विभिन्न सञ्चारमाध्यमसँग आबद्ध उनी आर्थिक, पर्यटन, सामाजिक र साहित्यिक पत्रकारितामा सक्रिय हुँदै आएका छन् । २०७२ सालदेखि सुरु गरिएको यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान हुँदै आएको हो । संघका पूर्व अध्यक्ष नारायण कोइरालाका अनुसार हालसम्म पाँच जना पत्रकार यसबाट सम्मानित भइसकेका छन् ।

उत्कृष्ट बस्तुगत संघको सम्मान
त्यसैगरी, संघकै सभामा कपडा व्यवसायी संघलाई उत्कृष्ट बस्तुगत संघको रुपमा सम्मान गरिएको छ । वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले पुरस्कार हस्तान्तरण गरेका हुन् ।