काफ्लेलाई ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’

-


     पोखरा क्लिक     
     भाद्र १४ गते २०८२ मा प्रकाशित


पोखरा,

नेपाल एसोसियसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको भोलि हुने ३० औं वार्षिक साधारण सभामा होलिडे एडभेन्चर टुर्स एन्ड ट्राभल्सका म्यानेजर चिरञ्जीवि काफ्लेलाई ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’ प्रदान गरिने भएको छ। उनी दश हजार रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्लाबाट सम्मानित हुनेछन्।

नाट्टा गण्डकीका पूर्व अध्यक्ष सञ्जयकान्त सिग्देलले आफ्नी ममतामयी माता मनोहराको स्मृतिमा स्थापना गरेको एक लाख एघार हजार रुपैयाँको अक्षय कोषबाट वर्षेनी नाट्टा गण्डकीका सदस्य कम्पनीहरू मध्ये सबैभन्दा पुराना एक जना कर्मचारीलाई पुरस्कृत गरिन्छ।

नाट्टा गण्डकीका द्धितिय उपाध्यक्ष राजेश पहारीको संयोजकत्वमा सन्दिप श्रेष्ठ, छविरमण पौडेल, पदम आचार्य र बासुदेव त्रिपाठी सदस्य रहेको सम्मान छनौट समितिको सिफारिस अनुसार उनलाई पुरस्कृत गर्न लागिएको हो। तनहुँमा जन्मेहुर्केका काफ्लेले वि.सं. २०७० साउन १० गतेबाट कुशलतापूवर्क उक्त कम्पनीमा काम गर्दै आएका छन् र विशेषगरी पर्यटकिय सबारीको सर्भिसको छेत्रमा उनी अब्बल मानिन्छन

यस पुरस्कारबाट यसअघि नाट्टा का देवराज देवकोटा, एडम टुर एन्ड ट्राभलका अशोक पौडेल, त्रिथुङा टुर एन्ड ट्राभलका निराजन कुँवर र टेम्प्ल ट्रि टुर एन्ड ट्राभलका रामप्रसाद दुवाडी सम्मानित भइसकेका छन्।



This will close in 20 seconds