लामाचौर तिज महोत्सव सुरु, खुल्ला पुरुष भलिवलमा माछापुच्छे« गाउँपालिका र कृष्णदल फूलबारी प्रतियोगिताबाट बाहिरिए

-


     पोखरा क्लिक     
     भाद्र ८ गते २०८२ मा प्रकाशित


पोखरा, भदौ ७,

लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत आइतबारदेखि खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले भाग लिएका छन् । लिग चरणको खेलमा आयोजक, जि।एम। समाज, ढुंगेदेउराली क्लब र एपिएफ क्लब पोखरा विजयी हुँदै समान ३ अंक बटुलेका छन् ।

२ खेल खेलेका माछापुच्छे« गाउँपालिका खेलकुद विकास समिति र कृष्णदल फूलबारी अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिए । समूह ‘ए’ मा रहेको आयोजकले आइतबार बिहान माछापुच्छे« गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट ३३–३१ मा जितेकोमा दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१८ मा आफ्नो पक्षमा पार्दै विजयी यात्रा सुरुवात गरेको हो । दोस्रो खेलमा जि।एम। समाजले कृष्णदललाई २५–२०, २५–१८ र २५–२३ सेटमा हरायो । तेस्रो खेलमा ढुंगेदेउरालीसँग कोर्ट उत्रिएको माछापुच्छे गाउँपालिकाले पुनः हार व्यहोर्न पुग्यो । आइतबारकै चौथो खेलमा एपिएफ क्लबले कृष्णदलको चुनौती सोझो सेटमै पन्छायो । एपिएफ २५–२०, २५–२१ र २५–१९ सेटमा विजयी भएको हो । समूह ‘ए’ मा आयोजकसहित ढुंगेदेउराली छन् । समूह ‘बि’ मा जि।एम। समाज र एपिएफ छन् । सोमबार पनि लिग चरणकै खेल हुने रेफ्री बिमल रानाले जानकारी दिए । पहिलो खेलमा आयोजकले ढुंगेदेउराली र दोस्रो खेलमा जि।एम। समाजले एपिएफको सामना गर्नेछ ।

यसैबीच, अन्तर मावि छात्रा भलिबलमा टप्स र शान्त मावि फाइनल प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा तथा शान्तले पोखरा युनाइटेडलाई २–१ सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । उनीहरुबीच फाइनल भदौ १० गते हुनेछ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको लामाचौर तीज महोत्सव आइतबारदेखि सुरु भयो । इन्द्रराज्यलक्ष्मी मावि प्रागंणमा ३ दिनसम्म चल्ने महोत्सवमा लामाचौर कपसहित विविध सांगीतिक एवं सांस्कृतिक हुँदैछन् । तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता यहाँका थप आकर्षण हुन् । पुरुष भलिबल विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ ।

साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार रहेको छ । महोत्सवमा औद्योगिक तथा व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम हुने प्रचार संयोजक विष्णुप्रसाद गौतमले बताए । उक्त महोत्सवको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले उक्त महोत्सवले महिलाहरुको महान पर्व हरितालिका पर्वको संरक्षण सहित खेलकुदको समेत प्रबद्र्धन गरेको बताए ।