आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा

-


     पोखरा क्लिक     
     माघ २९ गते २०८१ मा प्रकाशित


पोखरा,

पोखराको मुस्ताङचोकमा नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । स्थापनाको १३ औं बर्षको उपलक्ष्यमा सो नवनिर्मित अत्याधुनिक भवन संचालनमा ल्याइएको हो ।

करिब १८ करोडको लगानी रहेको सो अस्पतालमा इमर्जेन्सी लगायत २५ शय्या रहेका छन् । यस अगाडि पोखरा–१७ बिरौटामा रहेर सेवा दिइरहेको थियो ।

PHOTO-2025-02-10-16-03-141739268302.jpg

पेट, छाती, मुटु, हाडजोर्नी, नशा, बाथ, जोर्नी प्रत्यारोपण, स्पोर्टस इन्जुरी, स्त्री तथा प्रसुति, निसन्तान (बाझोपन), बालरोग लगायतका विशेषज्ञ सेवाहरु रहेका छन् । अस्पतालमा आईसियुको आवश्यकतालाई महसुस गरी अस्पतालले ६ शय्याको सघन उपचार कक्ष (आईसियु) समेत संचालनमा ल्याएको अस्पतालका निर्देशक प्रा.डा ईश्वरप्रसाद कँडेलले जानकारी दिनुभयो । 

सो अस्पतालको उद्घाटन गर्दै अस्पतालका अध्यक्ष डा. मनबहादुर गुरुङले चौबिसै घण्टा सेवा दिनुका साथै वार्षिकोत्सवको अवसरमा हस्पिटलमा एक सातासम्म विभिन्न उपचारमा १५ प्रतिशतसम्म छुट रहेको जानकारी दिनुभयो । उहाँले अस्पताललाई विशेषज्ञको सेवा केन्द्रित बनाउने बताउनुभयो । 

PHOTO-2025-02-10-16-03-15 - Copy1739268321.jpg

अस्पतालबाट कास्की, पर्वत, स्याङ्जा र बाग्लुङ्का नागरिकले बढी सेवा लिने गरेको अस्पतालका उपाध्यक्ष मदन रञ्जितले बताउनुभयो । त्यस्तै अस्पतालका सञ्चालक सदस्य रुकबहादुर गुरुङले बिरामीहरुको सेवाका लागि मासिक रुपमा निःशुल्क शिविर क्याम्प समेत राखिने जानकारी दिनुभयो । 

सो अवसरमा बोल्दै पार्दी मा.विका प्राचार्य बामदेब पौडेल, सिद्धार्थ राजमार्ग टोल विकास संस्था अध्यक्ष आत्मा तुलाचन, ग्लोबल आइएमई बैंक गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा लगायतले अस्पतालको सेवालाई छिटो, छरितो, सर्वसुलभ एवं गुणस्तरीय बनाउन सुझाव दिनुभएको थियो । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नुभएका डा. राजीव लालचन र उत्कृष्ट कर्मचारी एलिना सिंहलाई सम्मान गरिएको थियो ।