हरि तालिका तिज पर्व भड्किलो रुपमा मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

-


     पोखरा क्लिक     
     भाद्र ६ गते २०८१ मा प्रकाशित


पोखरा ६, भदौं,

नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्व आउनु भन्दा केही हप्ता अघि देखि समाजिक रुपमा तडग भडग हुने गरी खर खाने र खुवाउने कार्यक्रम नगर्न नगराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । यदि प्रशासनले दिएको निर्देशन पालना नगरी समाजमा खलल पुर्याउने गरी तडगभड्ग रुपमा होटल तथा रेष्टुरेण्टहरुमा दर खाने कार्यक्रम गरेको भेटिएमा कार्वाही हुने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले पोखराक्लिकलाई बताउनु भयो । प्रशासनले जारी गरेको प्रेस विज्ञेप्ति ।



This will close in 20 seconds