पोखरा १६ को ढिकीडाँडामा खुल्यो ६ करोड लगानीमा रिसोर्ट

-


     पोखरा क्लिक     
     श्रावण ६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ६, साउन,

देशका धेरै युवाहरु रोजगारको लागि विदेश गइरहेका वेला पोखरा १६ का ८ जनाको युवा समुहले हाल स्वदेशमा केही गर्नु पर्छ भन्दै आफ्नै गाँउमा लगानी गरेका छन् । बिद्यालय जिवनमा संगै पढेका हाल विभिन्न पेशा व्यवसायमा आबद्ध भए पनि आफ्नो गाँउ ठाँउको विकासको लागि किन आफुबाटै सुरुवात नगर्ने भन्दै पोखरा १६ का ८ जनाको एक समुहले पोखराको ढिकीडाँडामा ढिकीडाँडा रिसोर्ट संचालन गरेका हुन्।

प्राकृतिक मनोरम दृश्यावलोकनको समेत उत्कृष्ट गन्तव्य मध्य एकमा पर्ने उक्त स्थानमा आफुहरुले पर्यटनको सम्भावना देखेरै लगानी गरेको रिसोर्टका प्रबन्ध निर्देशक प्रकाश भट्टराईले पोखराक्लिकलाई बताए । आफुहरुले सुरु गरेको ३ बर्षमै अपेक्षा गरे भन्दा बढी सफलता हासिल गर्दै आएकोले पुनः लगानी थप्ने योजनाका साथ केही भौतिक संरचना निर्माणमा हुदै गरेको उनले जनाए ।

स्थानिय प्रकाश सहित बिकास गुरुङ, प्रेम आचार्य, गोविन्द आचार्य, रेशम लामिछाने, विजय गुरुङ, सुमन गुरुङ र अम्मर गुरुङको लगानीमा उक्त रिसोर्ट ३ बर्ष अघि स्थापना भएको हो । ६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टमा हाल भुई तला सहित ४ तले भवन तथा अर्को तीन तलेको भवन सहित सुईङ, पिङ, गार्डेन, सुइमिङ पुल, ध्यान केन्द्र लगायतका भौतिक संरचना निर्माण भएको रिसोटका प्रबन्ध निर्देशक भट्टराईले बताए ।

पोखराको लामाचौर देखि ७ किलोमिटर अधिकांश पिच सडक हुदै उक्त रिसोर्टमा पुग्न सकिने छ भने समुन्द्रि सतह देखि करिब १ हजार ४ सयम टिमरको उचाईमा उक्त रिसोर्ट रहेको छ । ढिकीडाँडा हिजोआज पर्यटकको आकर्षणका रुपमा रहेको स्थानियले बताउछन्। पोखराको मुख्यबजार देखि नजिक रहेको उक्त डाँडाबाट मौसम खुल्दा हिमश्रृखला, पोखरा, हरियो वनजंगल सहितको दृश्य अवलोकन गर्न पाइने र अर्गानीक खाना समेत उपलब्ध हुने हुँदा उक्त क्षेत्रमा पर्यटक आकर्षण भएको स्थानिय शिशिर पौडेलले बताए ।


ढिकिडाँडा रिसोटका प्रबन्ध निर्देशक भट्टराईले आफुहरुले ३ बर्ष अघि संचालन गरेको उक्त रिसोर्ट हाल आफुहरुले सोचे भन्दा धेरै राम्रो भएकोले ढिकीडाँडा क्षेत्रमा प्रायः आन्तरिक पर्यटकहरुको आगमन निकै उत्साहजनक भएको दाबी गरे । रिसोर्टका जनरल म्यानेजर प्रेम आचार्यले हाल आफुहरुको रिसोर्टमा शुक्रबार र शनिबार पर्यटकहरुलाई व्यबस्थापन गर्न निकै कठिन हुन थालेको बताए । आफुहरुले हाल ५० जना पर्यटकहरुलाई एकै रातमा व्यबस्थापन गर्न सकिने बताउदै उनले दिनमा खाजा तथा खानामा २ सय भन्दा बढीलाई सेवा दिन सक्ने दाबी गरे । अर्गानिक तथा सिजन अनुसारको फलफुल तरकारी रिसोर्टमा उपलब्ध गराउने दाबी गर्र्दै जनरल म्यानेजर आचार्यले आफ्नै एग्रो फार्म समेत संचालन गर्न थालेको बताए । ८ मध्य ३ जना युवा विदेशबाट फर्कियर संगै विदेशको सिप समेत आफ्नै देशमा लागु गर्न लागि परेसंगै २४ जनालाई रोजगारको अवसर दिएको उनले दाबी गरे ।

थ्रिसिक्स्टि भ्यू देख्न सकिने हुदा रिसोटको रुफटम रेष्टुरेण्टमा बसेर खाजा तथा खाना खाउ पाउनु पयटकहरुको लागि अर्को आनन्दको कुरा भएको आचार्यले जनाए । उक्त रिसोर्टमा एक रातको २ हजार ५ सय देखि ३ हजारमा वेड उपलब्ध गराउदै आएको छ । आफुहरुले सुरुमा संचालन गर्दा धेरैले झाडी भएको डाँडामा के होला किन ठुलो लगानी गरेको भन्नेहरु हाल छक्क पर्ने गरेको जनरल म्यानेजर आचार्यले सुनाए । प्रदेश सरकार, पोखरा महानगरपालिका तथा पोखरा १६ को वडा कार्यालयको बिषेश पहलमा लामाचौर देखि ढिकीडाँडासम्मको क्षेत्रमा प्रायः अधिकांश पिच तथा ढलान भएको स्थानियले बताउनु भयो । उक्त रिसोर्ट संचालन भएसंगै सो क्षेत्रमा केही फाट्य फुट्य होटल तथा रेष्टुरेण्ट समेत खुल्न थालेका छन्। आफ्नो वडामा यस्ता रिसोर्ट संचालन हुनुले त्यस क्षेत्रको पर्यटन प्रबद्र्धन हुने पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताए ।



This will close in 20 seconds