पोखरामा अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता जारी, शुक्रबार देखि क्वाटरफाइनलका खेलहरु हुने

-


     पोखरा क्लिक     
     फागुन ३ गते २०८० मा प्रकाशित


पोखरा स्थित ड्याम साइड क्लवको आयोजनामा पोखरामा जारी अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० अन्र्तगत भोलि (शुक्रबार) देखि क्वाटरफाइनलका खेलहरु हुने भएका छन्। विहिबार पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा समुह बीको ४ वटा प्रि क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै शुक्रबार देखि क्वाटरफाइनलका खेलहरु हुने भएको क्लवले जनाएको छ ।

विहिबारकोे खेलमा गत बर्षको विजेता छोेरेपाटन मावि, एल.पी.देवकोटा मेमोरियल, पार्दी मावि र बालोदय बोर्डिङ स्कुलले जित हासिल गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको क्लवका अध्यक्ष प्रताप गुरुङले बताउनु भयो । विहिबार भएको पहिलो खेलमा छोरेपाटनले बिद्या निकेतन स्कुललाई ३—० को गोल अन्तरले पराजित गर्यो । छोरेपाटनको जितमा भिम जर्गाले २ र युवराज नेपालीले १ गोलको योगदान दिए । खेलमा छोरेपाटनका जर्गा म्यान अफ दी म्याच घोषित भए ।

दोश्रो खेलमा पार्दी माविले न्यू मिलिनियम स्कुललाई २—० ले पन्छायो । पार्दीको जितमा अमित मगर र संजोग परियारले एक÷एक गोल गरे । खेलमा पार्दीका विरबहादुर गुरुङ म्यान अफ दी म्याच घोषित भए । विहिबारको तेश्रो खेलमा एल.पी. देवकोटाले एक्स आर्मी स्कुललाई ३—० को गोल अन्तरले पराजित गर्यो । एल.पी.को जितमा म्यान अफ दी म्याच घोषित प्रिन्स गुरुङले २ र समिर थापाले एक गोलको योगदान दिए । विहिबारको अन्तिम खेलमा बालोदय बोर्डिङ स्कुलले शिशु निकेतन स्कुल माथि ३—० को जित दर्ता गर्यो । बालोदयको जितमा अंकित केसी, आविश्कार सुनार र संगम गुरुङले एक एक गोल गरे । खेलमा सुनार म्यान अफ दी म्याच घोषित भए ।

तष्विरः प्रताप गुरुङ

यसैबिच, यही फागुन ६ गतेसम्म प्रतियोगिता संचालन हुने भएको क्लवका पूर्वअध्यक्ष पदम ढकालले जनाए । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रबद्र्धनमा भएको प्रतियोगितामा पोखरा १७ स्थित वडामा रहेका सामुदायिक तथा निजी गरी १९ वटा बिद्यालयहरुको सहभागिता रहेकोे छ । प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएको महासचिव राकेश श्रेष्ठले बताए । फुटवल खेलको तल्लो स्तरबाटै विकास गर्ने उद्धेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको क्लवका बरिष्ठ उपाध्यक्ष रमेश प्रसाद बरालले जनाए ।