
पोखरा २८ माघ
पोखरा महानगरपालिका वडा नं. १६ अमरदिपमा रहेको अमरदिप वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले शोभामोहन पौडेलको अध्यक्षतामा नौं सदस्यीय संचालक समिति चयन गरेको शेयर सदस्य ईन्जिनियर भुवन बहादुर थापाले जानकारी दिनुभयो ।
सहकारीको उपाध्यक्षमा गणेश बहादुर थापा, सचिवमा धर्मराज थापा, कोषाध्यक्षमा वालप्रसाद शेरचन, पदेन सदस्यमा संस्थापक अध्यक्ष कुमार खड्का र सदस्यहरुमा ईन्द्र गुरुङ, दुर्गा केसी, भुवन वस्नेत र ईन्जिनियर भुवन बहादुर थापा चयन भएका छन् ।त्यस्तै लेखा संयोजकमा रोशनजगं राणा, भरत थापा र अर्जुन कुवँर छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै जयलक्ष्मी वचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत सुशील केसीले समुदाय केन्द्रित भएर संचालन भएका सहकारी संस्थामा कुनै किसिमको समस्या नरहेको वताए । कार्यवाहक अध्यक्ष रुद्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष एवं पुर्व मन्त्री कुमार खड्का, जय मनकामना सहकारीका सचिव बुद्घि बहादुर खत्री , सजिलो सहकारीका बलराम थापा लगायतले सहकारी संस्थाले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए । अधिवेशनले कार्यवाहक अध्यक्ष थापाले पेश गरेको प्रतिवेदन पारित समेत गरेको छ । लक्ष्मी पौडेलले स्वागत गरेको कार्यक्रमको संचालन कोषाध्यक्ष गणेश बहादुर थापाले संचालन गरेका थिए । सहकारीमा हाल ३ सय ३० जना शेयर सदस्य रहेका छन् भने सहकारीले उत्पादन मुलक क्षेत्रमा लगानी गरेको जनाईएको छ ।



