पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न

-


     पोखरा क्लिक     
     माघ २२ गते २०८० मा प्रकाशित


दीननाथ बराल,
पोखरा २२, माघ

पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (सोमबार) तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएका छन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता अन्र्तगत सोमबार तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएको प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताउनु भयो ।

सोमबारको खेलमा विकास श्रेष्ठ, विनोद श्रेष्ठ, मोती पाख्रिन, अनिल सुनार, सोम बि.क. र सारङ्ग राना विजयी हुदै प्रि—क्वाटरफाइनलदमा प्रबेश गर्नु भएको छ । सोमबारको खेलमा काठमाण्डौंका विकास श्रेष्ठले पोखराका मनिस प्रधानलाई ४—३ को सेटमा पराजित गर्दै प्रि—क्वाटरफाइनलमा प्रबेश गर्नु भएको हो ।

त्यसै गरी काठमाण्डौंका विनोद श्रेष्ठले काठमाण्डौंकै शाक्ति राईलाई ४—२ को सेटमा, ब्रेक प्वाइन्टका मोती पाख्रिनले पोखराका निर्भिक लामालाई ४—२ को सेटमा, पोखराका अनिल सुनारले पोखराका महेन्द्र नेपालीलाई ४—० को सोझो सेटमा, पोखराका सोम बि.क.ले वुटवलका सागर गाहालाई ४—१ को सेटमा जित हात पार्दा सोमबारको अन्तिम खेलमा भने वुटवलका सारङ्ग रानाले काठमाण्डौंका सविन तामाङलाई ४—२ को सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउनु भएको हो ।
आइतबारको खेलबाट अन्तिम १६ भित्र पर्ने खेलाडीहरुमा दिनेश भण्डारी, वाङ्गचुक तामङ्ग, नितेश खण्डेलवाल, आयुष गौतम, सरोज गौतम र राजन लामा रहनु भएको छ । मंगलबार बाँकी तेश्रो चरणका ४ खेल हुने भएको प्रा.लि.का अध्यक्ष एवं खेलाडी सोम बि.क.ले बताउनु भयो ।

यही माघ २८ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि हुनु भएको अध्यक्ष बि.क.ले बताउनु भयो । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता पोखरामा भएको प्रालि.का संचालक प्रताप गुरुङले बताउनु भयो ।

प्रतियोगितामा प्रतियोगितामा विजेता हुने खेलाडीलाई १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उपविजेतालाई ७० हजार र तेश्रो हुने दुई जना खेलाडीलाई जनही २०÷२० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको हो । उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गरेको आयोजकले जनाएको छ ।



This will close in 20 seconds