
जेष्ठ २५,पोखरा,
फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा चलाउने चालक तथा डुंगामा सयर गर्ने यात्रुहरुको बिमा गरेको छ । संगठनले शिखर इन्स्योरेन्स कम्पनीसंग आगामी १ वर्षका लागि बिमा गरेको हो । अब फेवातालमा कुनै दुर्घटना भएर घाइते भएमा डुंगा चालक तथा यात्रुले उपचार खर्च १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
मानविय क्षति भएमा परिवारले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । संगठनमा दर्ता भई सञ्चालनमा रहेका डुंगामा यो नियम लागू हुने संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । फेवातालमा वर्षेनी विभिन्न किसिमका दुर्घटनाहरु हुँदै आएका छन् । बिमा गरेसंगै डुंगा चालकहरुले पनि सुरक्षाको महशुस गरेका छन् । फेवातालका विभिन्न ८ वटा डुंगा स्टेशनबाट ८ सय ४७ डुंगा सञ्चालन भइरहेका छन् । यहाँ झण्डै ३ सय ५० जना डुंगा चालक रहेका छन् । फेवातालको फिष्टेल गेटदेखि पखौदीसम्म ४२ ठाँउमा कायकिङ तथा सर्फिङ रहेको उनले जनाए ।





