होटल पौवाको १०औँ वार्षिकोत्सवमा ‘पौवा उत्सव’ आयोजना गरिने

-


     पोखरा क्लिक     
     चैत्र २३ गते २०८२ मा प्रकाशित


पोखरा,

नेपाली हस्पिटालिटीलाई ब्रान्डका रूपमा स्थापित गर्दै आएको होटल पौवाले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमसहित ‘पौवा उत्सव’ मनाउने भएको छ। कम्पनीले चैत्र २५ गते ‘पौवा दिवस’ मनाउने औपचारिक कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ।

वार्षिकोत्सवको पूर्वसन्ध्यामा, चैत्र २४ गते बिहान ९ः०० बजे पोखरास्थित पौवा पोखरा प्रा.लि.को रूपा हलमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ। उक्त कार्यक्रममा होटलको आगामी योजना, उपलब्धि तथा नेपाली आतिथ्य क्षेत्रको विकासबारे छलफल गरिने जनाइएको छ। त्यसैगरी, वार्षिकोत्सवको अवसर पारेर चैत्र २६, २७ र २८ गते ‘पौवा स्वाद उत्सव २०८२’ आयोजना गरिनेछ। यस उत्सवमा विभिन्न परिकार, सांस्कृतिक प्रस्तुतिहरू तथा विशेष अफरहरू समेटिने अपेक्षा गरिएको छ।

होटल पौवाले देशका विभिन्न स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। हाल रुपन्देहीको बुटवल र भैरहवामा दुई शाखा, कपिलवस्तुमा एक, दाङमा तीन, पाल्पामा एक, गुल्मीमा एक, सुदूरपश्चिमको धनगढीमा एक, कर्णाली प्रदेशको जुम्लामा एक, गण्डकी प्रदेशको पोखरामा एक र बाग्मती प्रदेशको काठमाडौंमा एक शाखा सञ्चालनमा रहेका छन्। पोखरा शाखाका जनरल म्यानेजर केशव भण्डारीका अनुसार, पौवाले नेपाली मौलिक आतिथ्यलाई प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुर्‍याउने लक्ष्य राखेको छ। उनले उक्त सबै कार्यक्रमहरूलाई सफल बनाउन सम्बन्धित सरोकारवालाहरू तथा सर्वसाधारणलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा समेत गरेका छन्।