पोखरामा एक बृद्धको गाडीको ठक्करले मृत्यु

-


     पोखरा क्लिक     
     चैत्र ९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ९, चैत,

पोखरामा आज (सोमबार) हात्ती गाडी (सानो भेन) को ठक्करले पोखरा २० भलामका एक ज्येष्ठ नागरिक धर्म बहादुर बि.क.को मृत्यू भएको छ । पोखरा सभागृह चोकमा ग २ च २१६२ नम्बरको गाडीले बिहान ९ः४५ बजे ठक्कर दिँदा पैदल यात्री ६५ बर्षीय विकको उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

सभागृह चोकबाट पृथ्वीचोकतर्फ जाँदै गरेको गाडीले जेब्राक्रस नजिकै विकलाई ठक्कर दिएसंगै उहाँको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी बरिष्ठ नायव निरिक्षक यामनाथ पनेरुले बताउनु भयो ।