पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, पेट्रोलमा १५ र डिजेल तथा मट्टितेलमा १० रुपैयाँ बढ्यो

-


     पोखरा क्लिक     
     चैत्र १ गते २०८२ मा प्रकाशित


पोखरा,

मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गर्दै नयाँ दर लागू गरेको जनाएको छ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ का दरले मूल्य बढाइएको हो। यसअघि गत फागुन १७ गते प्रतिलिटर पेट्रोलको मूल्य १५४.५ रुपैयाँ, डिजेलको १३९.५ रुपैयाँ र मट्टितेलको १३९.५ रुपैयाँ कायम गरिएको थियो। सोमबार बिहान १ः०० बजे देखि उक्त मुल्य लागु हुने भएको निगम श्रोतले पोखराक्लिकलाई जनाएको छ ।

निगमका अनुसार मध्यपूर्व र पश्चिम एसियामा देखिएको तनाव तथा ःपुर्वी एसियाली क्षेत्रमा बढ्दो द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपालसँग आफ्नै पेट्रोलियम स्रोत नभएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा यसको प्रत्यक्ष प्रभाव पर्ने गरेको निगमले जनाएको छ। मूल्य वृद्धि हुँदा आपूर्ति व्यवस्थापन र मूल्य समायोजन दुवै चुनौतीपूर्ण बन्ने निगमको भनाइ छ।