मनाङ मर्स्याङ्दी क्लव आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा, शुक्रबार दिउसो ३ः०० बजे पछि प्लानिङ व्वाइज बिरुद्ध फ्रेन्ड्स क्लव भिड्ने

-


     पोखरा क्लिक     
     माघ २९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, २९ माघ,

पोखरेलीको प्रिय टिम उत्कृष्ट कमव्याक हुदै मनाङ मर्स्याङ्दी क्लव २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को क्वाटरफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (विहिबार) भएको तेश्रो प्रि—क्वाटरफाइनल खेलमा मनाङले उत्कृष्ट कमव्याक गर्दै बिभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लवलाई २—१ को गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा यात्रा तय गरेको हो ।

सम्हालिन नपाउदै एक गोल खाएर पहिलो हापमा १—० ले पछि परेको मनाङ दोश्रो हापमा सुधार गर्दै जित निकालेको हो । मनाङको जितमा रोनिस ढेके राजभक र शुरेस कुमालले एक÷एक गोलको योगदान दिनु भयो । एपिएफका युवराज राईले एक गोल गर्नु भयो । खेलको ११ औं मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाए पनि एपिएफले बाँकी समयमा सम्हालिन नसक्दा र पाएका केही अवसर सदुपयोग गर्न नसक्दा मनाङसंगको पहिलो भेटबाटै यात्रा टुंगाउनु पर्यो ।

खेलको सुरुमै १ गोलले पछि परेको मनाङ निकै दबाबमा पर्दै उत्कृष्ट कमव्याक गर्न सफल भएको हो । खेलको ५७ औं मिनेटमा राजभकले गोल गरी खेल बराबरीमा पुर््याएसंगै खेलको ७७ औं मिनेटमा मनाङका कुमालले गोल गरी टिमलाई अर्काे चरणमा पुर्याउनु भएको हो । आजको खेलमा म्यान अफ दी म्याच मनाङका रोनिस घोषित हुनु भयो । सहारा हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आजको खेलको शुभारम्भ गर्नु भएको हो ।

मनाङले अब भारतको सिक्किम थण्डरबोल्ट नर्थ युनाइटेड संग फागुन ४ गते क्वाटरफाइनल खेलमा भिड्ने भएको क्लवले पोखराक्लिकलाई जनाएको छ । यसैबिच, भोलि (शुक्रबार) अन्तिम प्रि—क्वाटरफाइनल खेलमा प्लानिङ व्वाइज यूनाइटेड बिरुद्ध फ्रेन्ड्स क्लव बिच खेल हुने भएको आयोजक सहारा क्लवले जनाएको छ । उक्त खेल दिउसो ३ः०० बजे पछि हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । यसैबिच सहारा क्लवले विहिबार एक प्रेस विज्ञेप्ति जारी गर्दै सन्ध्याकालिन रुपमा उत्तः प्रतियोगिता संचालन गर्ने पूर्व तयारी स्वरुपम अस्थायी फ्लटलाइड जडान गरे पनि आवश्यक प्रकाश नपुगेका कारण सन्ध्याकालिनका सबै खेलहरु दिउसो ३ः०० बजे पछि हुने भएको क्लवका महासचिव गंगाराम पौडेल द्धारा हस्ताक्षर गरेको विज्ञेप्तिमा उल्लेख गरिएको छ । प्रि—क्वाटरफाइनलको तेश्रो खेल हुदाँसम्म दर्शकको सहभागिता केही कम भए पनि क्वाटरफाइनलबाट भने दर्शकको सङख्यामा बृद्धि हुने आयोजकले विश्वास गरेको छ ।