
पोखरा, ११ कार्तिक,
पोखराको न्यूरोडमा अत्याधुनिक प्रविधि सहितको ५डी (फाइभ–डी) अल्ट्रासाउन्ड सेवा सुरु गरिएको छ। पोखरा फाइभ—डी अल्ट्रासाउड क्लिनिकले मातृ–शिशु स्वास्थ्य क्षेत्रमा नयाँ अध्यायको सुरुवात गर्दै यो सेवा सञ्चालनमा ल्याएको हो।

क्लिनिकले दक्ष स्वास्थ्यकर्मी, आधुनिक उपकरण र वैज्ञानिक दृष्टिकोण सहित सुलभ, सुरक्षित तथा विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेको संचालक एवं रेडियोलोजिस्ट डा. सागर खड्काले बताउनु भयो । उक्त क्लिनिकको प्राविधिक तथा चिकित्सकीय नेतृत्व अनुभवी रेडियोलोजिस्ट डा.खड्काले गर्दै हुनुहुन्छ ।

५डी प्रविधिसहितको यो मेसिन गण्डकी प्रदेशमै पहिलो भएको बताइएको छ। यस प्रविधिबाट गर्भवती महिलाले १८ देखि २२ हप्ताको अवधिमा शिशुको अवस्था हेर्न सक्ने, शरीरमा रहेका विभिन्न रोगहरूको पहिचान एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमार्फत गर्न सकिने र शिशुको हुबहु तस्बिर समेत रंगीन रूपमा देख्न सकिने सुविधा उपलब्ध हुनेछ।
क्लिनिकले पोखरा र आसपासका बासिन्दालाई अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउँदै मातृ–शिशु स्वास्थ्य सुदृढीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको मार्केटिङ विभागका अमन बिकले बताउनु भयो ।




