लायन्स क्लब पोखरा गुडविलद्वारा वात्स्यायन बृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण

-


     पोखरा क्लिक     
     असाेज ३१ गते २०८२ मा प्रकाशित


पोखरा, ३१, असोज

पोखरा महानगरपालिका वडा नं १४ बाच्छीवुडुवा स्थित वात्स्यायन वृद्धाश्रममा लायन्स क्लब पोखरा गुडविलले निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण गरेको छ । विहिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि निवर्तमान डिस्ट्रीक गभर्नर विनोद ढुंगाना,बिशिष्ट अतिथि राम वसेल तथा संस्थाका पूर्व अध्यक्ष ,प्रथम उपाध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रम बिहान ७ बजेदेखि सुरु भई दिउँसो ४ बजेसम्म सञ्चालन भएको थियो । वृद्धाश्रममा आश्रित २१ जनाजेष्ठ नागरिकहरूलाई स्वास्थ्य परीक्षण गरिएको हो। मणिपाल शिक्षण अस्पतालका वरिष्ठ फिजिसियन कन्सलटेन्ट डा.अनमोल पौडेलबाट निःशुल्क परामर्श समेत गरिएको हो । रगत परिक्षणबाट देखा परेका समस्यापूर्तिमा सहज हुनका लागि क्लबले वृद्धाश्रममा आश्रित २१ जनाजेष्ठ नागरिकहरूलाई निःशुल्क औषधि, स्वास्थ्य सामग्री तथा फलफूल वितरण गरेको हो ।

शिविरको नेतृत्व समेत गर्नुभएका क्लब अध्यक्ष राजेन्द्र शर्माले समाजमा यो किसिमको काम गर्दा मन पनि आन्नदित हुने बताए । लायन्स क्लबले घरपरिवार विहिन् वृद्धाहरुलाई यसरी सहयोग गर्दा नयाँ कामको पनि थालनी भएको अब यसले समाजमा सकरात्मक सन्देश प्रवाह हुने उनले जनाए । वृद्धा वुवा आमाले टोलीलाई आर्शिरबाद समेत दिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष विपिन सुवेदी, क्लबका सचिव अनन्त राम अर्यालले लगायतले क्लवले यस्तै सामाजिक कार्य गर्नेमा जोड दिए ।