
१४ जेठ ,पोखरा,
ने क पा एमाले गण्डकीले युबा संघ नेपालको दशौ राष्ट्रिय महाधिवेशनबाट नबनिर्बाचित पदाधिकारी तथा सदस्यलाई बुधबार सम्मान गरेको छ। एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले देशमा आशा र बिश्वास र संभावनाका स्रोत युबा भएको हुँदा नयाँ कार्यसमिति ले प्रतिष्पर्धी सबैको भावनाअनुरूप कार्ययोजना सहित काम गर्न आग्रह गरे । शर्माले देश र पार्टी निर्माणका लागि ससक्त युवा चाहिने हुँदा युबाहरूमा आशाको संचार हुने गरि काम गर्न आग्रह गरे । नव निर्बाचित अध्यक्ष क्षितिज थेबेले पार्टीको कार्यदिशा मुताबिक सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्न लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे।
नव निर्बाचित समितिलाई सो पार्टीका प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा , सल्लाहकार परिषद अध्यक्ष मोहन रेग्मी ,उपाध्यक्ष मीन प्रसाद गुरुङ ,सचिब धनन्जय दवाडी ,उप सचिब दाम बहादुर बि क सहितले बुधबार एक विशेष कार्यक्रमका बिच सम्मान गरेका हुन। अध्यक्ष नवराज शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यालय सचिब आर के पोख्रेलले जानकारी दिए।





