प्रेस सेन्टर नेपालको अध्यक्षमा गिरी

-


     पोखरा क्लिक     
     चैत्र १८ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पाेखरा, १८ चैत,

प्रेस सेन्टर नेपालको aपाँचौ राष्ट्रिय महाधिवेशनबाट कमल गिरीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित हुनु भएकाे छ । आईतबार राती अबेर भएकाे निर्वाAचनमा गरीले ३ सय ६६ मत ल्याउदै अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे ।
काठमाडौंको थापागाउँमा आज बिहान सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतान्तरले पछि पार्दै गिरी विजयी हुनु भएकाे हाे ।


त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी सुदिप वर्देवाले १ सय ११ मत पाएकाे निर्वाचन समितिका संयाेजक गोविन्द आचार्यले बताउनु भयाे ।
प्रेस सेन्टर नेपालकाे महासचिवमा मनोज घर्तीमगर विजय हुनु भएकाे छ । घर्तीमगरले ३ सय ७९ मत प्राप्त गरी विजयी हुदाँ उहाँका निकटतम प्रतिस्प्रर्धी दिपेन्द्र शर्माले १ सय ४८ मत प्राप्त गर्नु भयाे । त्यसैगरी उपमहासचिवमा ज्ञान प्रसाद पौडेल, सचिव खुलामा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव महिलामा अन्जली थापा, सचिव समावेशीमा अवतार राई र कोषाध्यक्षमा बसन्त गिरी निर्वाचित हुनु भयाे । ९९ सदस्यीय केन्द्रीय समिती र २९ सदस्यीय पदाधिकारीमध्ये अन्य पदमा भने निर्विराेध भएकाे थियाे ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका पत्रकार हुन् भने रावल उपमहासचिव जनार्दन शर्मा निकट भएकाे बताईन्छ ।
महाधिवेशन अन्तर्गत भएको निर्वाचनको अन्तिम मत परिणााम ।


अध्यक्ष: कमल गिरी ३६६
वरिष्ठ उपाध्यक्ष: सुरेशचन्द्र अधिकारी ३९७
महासचिव: मनोज घर्ती मगर ३७९
उपमहासचिव: ज्ञानप्रसाद पौडेल १६५
खुला सचिव: सुरेन्द्र चालिसे २६२
खुला सचिव: सन्तोष देउजा १८२
महिला सचिव: अन्जली थापा ३१०
समावेशी सचिव: अवतार राई २२६
कोषाध्यक्ष: वसन्त गिरी ३३५