आहा १ रारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा पुलिसको विजयी सुरुवात (भिडियो सहित)

-


     पोखरा क्लिक     
     माघ २२ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २२, माघ,

पोखरामा आज ९मंगलबार० देखि सुरु भएको आहा १ रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई पराजित गर्दै नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ । पोखराको सहारा क्लवको आयोजनामा पोखरा रंगशालाको फुटवल मैदानमा आज भएकोे उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लवलाई १—० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको हो ।

सहाराले पाएका ६ भन्दा बढी अवसर सदुपयोग गर्न नसक्दा यस बर्ष पहिलो चरणबाटै बाहिरिनु परेको हो । आहा राराको ६ पटकको विजेता पुलिसको जितमा खेलको ३६ औं मिनेटमा उज्वल राईले गोल गर्नु भयो । उहाँले प्रहार गरेको कर्नर बल सिधै गोलमा परिणत भएको थियो । दोश्रो बार च्याप्दै प्रहार भएको उक्त वल सहाराका गोलरक्षक सन्तोष महतले बचाउन सक्नुभएन् । ३ विदेशी सहित सहारा एकेडेमीका खेलाडीहरु समेटेर मैदानमा उत्र्रिएको सहाराले पाएका केही अवसरलाई सदुपयोग गर्न नक्दा पहिलो चरणबाटै बाहिरनु पर्यो । खेलमा उज्वल राई नै म्यान अफ दी म्याच घोषित हुनु भयो ।

भोलि ९बुधबार० दोश्रो खेल शसस्त्र प्रहरी बलको एपिएफ क्लव र मच्छिन्द्र क्लव बिच खेल हुने प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । २४ औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा १ रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै उहाँले पोखरासंग चाइना सहित १४ वटा विभिन्न देशका शहरहरुसंग भगिनी सम्बन्ध भएको उल्लेख गर्दै पोखराको विकासमा सहकार्य गर्न सकिने जनाउनु भयो ।

फागुन ३ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । प्रतियोगितामा बिजेतालाई १२ लाख र उपविजेतालाई ६ लाख पुरस्कार प्रदान गरिने भएको छ । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबल मार्फत सामाजिक कार्य गर्दै आएको महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले आहा रारा गोल्ड कपलाई सफल पार्न सबैल सहयोग गर्नुपर्ने बताउनु भयो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ । उद्घाटन अवसरमा यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सनिष श्रेष्ठ सम्मानित हुनु भयो ।

उद्घाटनको अवसरमा गोर्खा ब्रिगेड अफ गोर्खा व्याण्डको सांगीतिक प्रस्तुती समेत रहेको थियो । ३५ जनाको अनुभवी टोलीले ब्राण्ड बाजा सहित रंगशालामा उक्त व्याण्ड प्रस्तुतः गरिएको थियो । यसै सम्बन्धि एक भिडियो सामाग्रि ।