
दीननाथ बराल,
पोखरा ७, मंसिर
विश्व मत्स्य दिवसको अवसरमा पोखराको फेवातालमा स्थानिय जातका ५ हजार वटा माछाका भुरा छाडिएको छ । स्थानीय जातहरुको माछा भुरा छोड्दै र ताल तथा रैथाने माछा संरक्षण सचेतना कार्यक्रम आयोजना गरी विहिबार पोखरामा विश्व मत्स्य दिवसको अवसरमा स्थानिय जातका ५ हजार माछाका भुरा छाडिएको मत्स्य अनुसन्धान केन्द्र, बेगनास, पोखरा प्रमुख डा.मोहमद इकवाल हुसेनले बताए । स्थानिय जातका माछा बचाउ अभियान अन्र्तगत उक्त कार्यक्रम आयोजना गरिएको उनले जनाए ।

फेवातालमा विहिबार लोपउन्मुख प्रजातिका शहर, रहु, नैनी, सिल्भर, बिग्रेड लगायतका जातका ५ हजार वटा माछाका भूरा छाडिएको उनले पोखराक्लिकलाई बताए । जलचर थलचर सहित स्थानीय जलारीहरुको जीवीको पार्जनमा सहयोग पुर्याउन विश्व मत्स्य दिवसको अवसरमा यस बर्ष फेवातालमा माछाका भूरा छाडिएको उनले जनाए । यस अघि केन्द्रले बगेनासतालमा पनि यस्तै गरी स्थानिय जातका माछाका भूरा छाड्दै आएको थियो । पोखरा सहित कास्की क्षेत्रमा स्थानिय जातका माछा लोपउन्मुख भएकोले त्यसको संरक्षण गर्नु सरकारी निकाय देखि स्थानियहरुको समेत ठुलो भूमिका हुने प्रमुख हुसेनले उल्लेख गरे ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्रालयका सचिव टंक प्रसाई प्रसाईले जलाशय क्षेत्रमा विषादीले पर्यावरणमा समेत असर पुगेकोले त्यसको रोकथाम गर्न आग्रह गरे । नेपालका नदीनाला, पोखरी तथा तालहरुमा सरसफाई गरिरहनु पर्ने बताउदै उनले स्थानिय जातका माछा संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराका पशु चिकित्सक सुर्य श्रेष्ठले माछा मानव स्वास्थ्यको लागि अति उत्तम भएकोले मासु भन्दा यसको प्रबद्र्धन गर्न जोड दिए । मपोखरा ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले स्थानिय जातका माछा लोप हुने अबस्थामा रहेकोले यसलाई तीनै तहका सरकारको बिषेश ध्यान दिनुपर्ने बताए । फेवातालमा लुकिछिपि माछा मार्ने गरेकोले त्यसलाई आफुहरुले प्रहरीको सहायताले निघरानी बढाउको उनले जनाए ।

“प्राकृतिक जलाशयलाई जलचरहरुले भरिभराउ राखौं”भन्ने नाराका साथ यस बर्षको मत्स्य दिवस मनाइएको हो । सह–आयोजकः हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञान बहादुर जलारीले आफुहरुलाई अझ व्यवसायीक बनाउन ताल सहित जलासयहरुको सरसफाई देखि स्थानिय जातका माछा संरक्षण गर्नुपर्ने माग गरे । आफुहरुलाई ब्यबस्थापन गर्न नसके आफुहरुको जलारी समुदाय लोप हुन सक्ने उनले तर्क गरे ।

पोखरा ६ मा रहेको जलारी दिदि बहिनि समुहका अध्यक्ष मिना जलारीले तालमा माछाका भूरा छाड्नु आफुहरुको लागि समेत यसले प्रोत्साहन हुने बताइ् । कार्यक्रममा भेटेरिनरी आपाताल तथा पशुसेवा विज्ञ केन्द्र पोखराका डिल्लीराम रेग्मी, पोखरा महानगरपालिकाका कृषि महाशाखाका दामोदर अधिकारी, केन्द्रका प्रमुख प्रशासन सहायक भगवती थापा लगायतले स्थानिय जातका माछा संरक्षणमा बिषेश कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । उक्त अवसरमा पोखरामा र्याली समेत प्रर्दशन गरिएको थियो । पोखराको लेकसाइड सहितका ठाँउमा र्याली प्रर्दशन गरिएको हो ।






