बिक्रम थकाली सहित अन्य व्यक्तिहरु सम्मानित

-


     पोखरा क्लिक     
     असाेज ६ गते २०८१ मा प्रकाशित


पोखरा ६, असोज,

पोखराका खेलकुदकर्मी एवं समाजसेवी बिक्रम थकाली सहित केही व्यक्तिहरु सम्मानित हुनु भएको छ ।
सहारा क्लब, पोखराका पूर्व अध्यक्ष, फुटबल अभियन्ता, सहारा बाल आधारभुत विद्यालय, पोखरा–९, बसपार्ककका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएको थकालीलाई राष्ट्रिय शिक्षा दिवसको अवसर पारी सम्मान र पुरस्कृत गरिएको हो ।

लामो समय सहारा क्लब, पोखराको अध्यक्षमा रहेर फुटबल विकासमा लाग्नु भएको थकाली अहिले पनि क्लबको शुभचिन्तकका रुपमा पोखरेली फुटबलसँगै समग्र नेपाली फुटबलको बिकासमा लाग्दै आउनु भएको छ । थकाली सहित अन्य व्यक्तिहरु सम्मानित हुनु भएको हो ।