
पोखरा ९, भदौं,
नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको सहभागितामा आज (आइतबार) पोखराको लेकसाइड स्थित वर पिपल रिसोर्टमा परामर्श बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष सहित पार्टीका पदाधिकारी, प्रदेश कमिटिका पदाधिकारी, प्रदेशमा रहनु भएका केन्द्रिय सदस्यहरुको सहभागितामा उक्त परामर्श बैठक बस्ने भएको केन्द्रिय सदस्य रामजी प्रसाद बराल जीवनले बताउनु भयो ।
उक्त बैठक आज र भोलिसम्म चल्ने भएको उहाँले जनाउनु भयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएको पार्टी अध्यक्ष प्रचण्ड पोखरा आउनु हुने भए पछि केही नेता कार्यकर्ता देखि केही संघ संस्थाका व्यक्तिहरु उहाँको स्वागतमा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पुग्नु भएको छ । बिहान ८ः५५ बजेको हवाई उडान तय गरे पनि प्राविधिक कारणले गर्दा केही समय ढिला हुने श्रोतले जनाएको छ ।