
पोखरा ३१, साउन
पोखराको क्याटवाक क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । बार्षिकोत्सवको अवसरमा रंक्तदान तथा निःशुल्क आँखा परिक्षण लगायतका कार्यक्रम गर्ने भएको हो ।
पछिल्लो समयमा निकै चर्चामा रहेको तथा युवा पुस्ताको रोजाइमा परेको क्याटवाक क्लबले भदौ १ गते रक्तदानसँगै निःशुल्क आँखा परीक्षण कार्यक्रमको आयोजना गर्न भएको क्लवले जनाएको छ ।
क्याटवाकले यस अघि विभिन्न सामाजिक कार्यक्रममा सरिक हुदै सहयोग गर्दै आएको छ ।