कलाकार थापालाई मातृशोक, भोलि बिहान शोभायात्रा सहित अन्त्यष्टि गरिने

-


     पोखरा क्लिक     
     श्रावण १२ गते २०८१ मा प्रकाशित


पोखरा १२, साउन,

पोखरा सांगीतिक कलाकार संघका निवर्तमान अध्यक्ष एवं कलाकार सुनिल थापालाई मातृशोक परेको छ । संगीतकार तथा कन्दरा व्याण्डका सदस्य थापाकी आमा मायादेवी थापाको ७४ वर्षको उमेरमा आज अपराह्न ४ः२० बजे अस्पतालमै उपचारकै क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

उहाँको समयदेखि पेट, छाती र मुटु सम्बन्धि समस्याबाट ग्रसित हुनु भएको थियो । पोखराको ओम हस्पिटलमा एक साता देखि मायादेविको उपचार हुदै आएको थियो । उहाँको आईतबार बिहान ९ः०० बजे निवास नदीपुर देखि शोभा यात्रा सहित पोखराको तुल्सीघाटमा अन्त्येष्टि गरिने भएको कलाकार भाष्करध्वज श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । स्वर्गिय थापाको सुनिल सहित दुई छोरा र एक छोरी हुनु हुन्छ ।