
पोखरा, ३० जेठ,
पोखरा महानगरपालिका वडा नं १३ आर्वा स्थित सिद्धार्थ आधारभूत विद्यालयका विद्यार्थीलाई मंगलवार झोला, स्टेशनरी वितरण तथा आयोडिनबारे सचेतना कार्यक्रम गरिएको छ । रोटरी क्लब अफ पोखरा लेकसाइड, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखरा र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।
सो अवसरमा कक्षा १ देखि ४ सम्मका ४४ जना बालबालिकालाई झोला, स्टेशनरी तथा आयोडिन वारे सचेतना गरिएको थियो । सचेतना कार्यक्रममा अभिभावकहरुको पनि बाक्लो उपस्थित रहेको थियो । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखराका प्रमुख सागर शेरचनले आयोडिन मानव स्वास्थ्यका लागि अत्यावश्यक तत्व भएको बताउनु भयो । उत्पादन स्थलमा नुनमा आयोडिनको मात्रा ५० पीपीएम भन्दा बढी राख्नुपर्ने प्रावधान रहेको शेरचनले भन्नुभयो ।
आयोडिन थाइराइड ग्रन्थिबाट थाइराइड हर्मोन निकाल्न मदत पुग्ने प्रमुख शेरचनले जानकारी दिनुभयो । दुई बालबालिकाको चिन्हअंकित आयोडिनयुक्त नून नै खानुपर्नेमा सुझाव प्रमुख शेरचनको जोड थियो । गर्भवती महिलामा आयोडिन कमीले सुस्त मनस्थिति, लाटो बच्चा जन्मिन सक्ने भएकोले सचेत रहनुपर्ने मा शेरचनले भन्नुभयो । रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष शोभाकान्त सिग्देलले व्यानरमा हस्ताक्षर गरि कार्यक्रम शुरु गर्नु भएको थियो । रोटरी लेकसाइडले सामाजिक उत्तरदायित्व अन्तर्गत गत महिनामा सिद्धार्थ आधारभूत विद्यालयमा जस्ता पाता वितरण गरिएको जानकारी दिर्दै आगामी दिनमा पनि यसरी नै मिलेर काम गर्ने अध्यक्ष सिग्देलले बताउनु भयो ।
राष्ट्रिय उपभोक्ता मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगलले उपभोक्ता हकहितका पक्षमा मञ्च सदैव बोल्ने भन्नुभयो । मानव स्वास्थ्यका लागि आयोडिनयुक्त नूनको सवै भन्दा राम्रो हुने अध्यक्ष लिगलले जोडदिनु भयो ।
सिद्धार्थ आधारभूत विद्यालयका प्रधानाध्यपाक अम्बिका वराल क्षेत्रीले सहयोगप्रति आभार व्यक्त गर्नुभयो । विस २०४७ फागुन सात गते स्थापना भएको विद्यालयमा तीन जना स्थायी, एक जना राहत कोटा, एक जना बाल विकास सहयोगी कार्यकर्ता र एक जना कार्यालय सहयोगी गरी ६ जना कर्मचारी रहेको बरालले जानकारी दिनुभयो ।
कार्यक्रममा फस्ट लेडी सम्झना सिग्देल,समाजसेवी मैया सिग्देल, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय पोखराका प्रमुख सागर शेरचन, राष्ट्रिय उपभोक्ता मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगल, रोटरी क्लव अफ पोखरा लेकसाइडका निर्वतमान अध्यक्ष डा वीरवहादुर कार्की, क्लव सदस्य किशन भण्डारी, सरस्वती लिगल र लेक सिटी कलेजमा विए दोस्रो वर्षमा पत्रकारिता अध्ययनरत आशिका क्षेत्री लगायतले विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण गर्नु भएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक किरणमणी अधिकारी कार्यक्रम संचाललन गर्नु भएको थियो ।