कुमुदिनीद्वारा कास्कीका दुई विद्यालयका ८३ जना विद्यार्थीलाई पोशाक वितरण

-


     पोखरा क्लिक     
     वैशाख २५ गते २०८१ मा प्रकाशित



पोखराको कुमुदिनी होम्सले यस बर्ष पनि सामुदायिक बिद्यालयका ८३ जना बिद्यार्थीहरु पोशाक हस्तान्तरण गरेको छ । माछापुच्छ्रे« गाउँपालिकाको खादरजुङमा रहेको वाराही प्राविका प्रधानाध्यापक रामप्रसाद आचार्य र पोखरा महानगरपालिका वडा नं १९ पुरन्चौरमा लप्सिटाकुरामा रहेको हिमालयल प्राविका प्रधानाध्यापक प्रेमकुमारी तिमिल्सिना “कमला” लाई विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले विद्यालय पोशाक हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा वर्षभरि पुग्नेगरी विद्यार्थीका लागि करिब ५० हजार मुल्य बराबरको विद्यालय पोशाक हस्तान्तरण गरिएको अध्यक्ष पालिखेले जनाउनु भयो । वाराही आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद आचार्यले आफ्नो विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म ४८ जना विद्यार्थी रहेको र उनीहरुमा छात्रा २८ र छात्र २० जना रहेको उल्लेख गर्नु भयो । विगत एक दशक देखि कुमुदिनी होम्सले शैक्षिक क्षेत्रमा केही खर्च गर्दै आएको उहाँले जनाउनु भयो ।

हिमालयन प्राविका प्रधानअध्यापक प्रेम कुमारी तिमिल्सिनाले प्राप्त शैक्षिक सहयोगले विद्यालयमा पठकन संस्कृतिमा सुधार भएको बताउनु भयो । उक्त बिद्यालयमा विद्यालयमा १६ छात्र र १९ छात्राले अध्ययन रहेका छन्।
कुमुहिनी होम्सले १ कक्षादेखि १० सम्मका विद्यार्थीले संकलन गरेको कलम, कापि लगायतका शैक्षिक सामग्री उपलव्ध गराएको अध्यक्ष पालिखेले जनाउनु भयो । हिमालयका दुई विद्यार्थी हाल छात्राबृत्तिमा कुमुदिनीमा पढिरहेको उहाँले दाबी गर्नु भयो । एकजना ९ र अर्को ५ मा पढिरहेका पढी रहनु भएको छ ।