दीननाथ बराल,
पोखरा १२, वैशाख,
पोखरामा सवारी दुर्घटनामा परी एक युवतीको ज्यान गएको छ । पोखरा १४ चाउथे स्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल गेट अगाडी बसको ठक्करले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार पोखरा महानगरपालिका वडा नं. १४ खसि बजार बस्ने १९ बर्षकी खुशी प्रधानको उपचारकै क्रममा आज ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाण्डौं तर्फ जादै गरेको बा १ प १३३८ नं. को बस र सोही दिशा तर्फ जादै गरेको ग २४ प ३२९५ नं. को स्कुटर ठक्कर खाँदा स्कुटरमा पछाडी सवार प्रधानको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिम क्षेत्रीय अस्पताल) पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
स्कुटर चालक पोखरा ७ सिमलचौर निवासी दिपिका गुरुङ घाइते हुनु भएको छ । उहाँको प्रतिष्ठानमा उपचार भई रहेको छ । बस चालक सिन्धुपाल्चोक चौतारा नगरपालिका वडा नं. १३ बस्ने ३९ बर्षका विष्णु श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी वसन्त कुमार शर्माले बताउनु भयो । उक्त घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।




