पोखराको एक पेट्रोल पम्पमा पेट्रोल हाल्ने क्रममा आगलागी, स्कुटर जल्यो, ठुलो क्षेती हुनबाट बच्यो

-


     पोखरा क्लिक     
     वैशाख २ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २, वैशाख,

पोखरामा पेट्रोल भर्ने क्रममा एक स्कुटरमा आगलागी हुँदा जलेर पूर्ण रुपमा क्षती भएको छ । पोखरा शिशुवा स्थित बिन्ध्यावासिनी आयल स्टोरमा पेट्रोल भर्ने क्रममा आज दिउँसो ग८प ८२१८ नम्बरको स्कुटरमा आगलागी हुदाँ जलेर पूर्ण रुपमा क्षती भएको कास्की प्रहरीले जनाएको छ ।

आगलागीबाट मानविन क्षति नभएको तथा पम्प क्षेत्रमा आगलागी हुनबाट बचाउन सकिएको बताइएको छ । के कारणले गर्दा आगो लागी भएको त्यसका बारेमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले पोखराक्लिकलाई बताउनु भयो ।

पम्प क्षेत्रमै आगलागी हुदा ठुलो दुर्घटना हुनबाट बचेको स्थानियले बताउनु भएको छ । पम्पमा पेट्रोल हाल्ने क्रममा आगलागी हुदा स्थानियहरु निकै त्रसित हुनु भएको थियो । शिशुवा प्रहरी चौकीको टोली सहित स्थानियको सहायताले केही समयमै आगो नियन्त्रण गरिएको थियो।