पोखरा २८, चैत,
घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने भन्दै पोखरा महानगरपालिकाका एक सव इन्जिनियर उसा किरण रोका र गोदार इन्जिनीयरिङ कन्सल्टेन्सिका सुरज कुंवरलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
१ लाख ५० हजार नगद सहित पोखराका एक इन्जिनियर रोका र कन्सल्टेन्सिका कुंवरलाई आज साँझ पक्राउ गरी थप अनुसन्धान प्रकृया अघि बढाईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी जगदिश शिवाकोटीले पोखराक्लिकलाई बताउनु भयो । गोप्य सूचनाको आधारमा घुस लिदै गर्दा पक्राउ गरिएको आयोगले दाबी गरेको छ ।