लायन्स सेन्ट्रल गार्डनद्वारा एसइइ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

-


     पोखरा क्लिक     
     चैत्र २३ गते २०८० मा प्रकाशित


लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइइ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको छ । क्लबले सन् २०१६ देखि हरेक वर्ष विद्यार्थीलाई उद्घोषण, भाषणकला, कार्यक्रम प्रस्तोता, नेतृत्व विकास, आधारभूत कम्प्युटर र पत्रकारिता विषयमा निःशुल्क तालिम सञ्चालन गर्दै आएको छ ।

लायन वर्ष २०२३÷२४ का अध्यक्ष तुलबहादुर रानाभाटले क्लबको वार्षिक कार्यक्रम पढाऔं अभियान अन्तर्गत यो वर्ष पनि विद्यार्थीलाई प्राविधिक तालिम दिन लागिएको बताए । क्लबले अघिल्लो वर्ष २१ जना विद्यार्थीलाई झण्डै दुई लाख राशि बराबरको निःशुल्क प्राविधिक तालिम प्रदान गरेको संस्थापक अध्यक्ष हरि भाटले जानकारी दिए ।

तालिम गण्डकी हाईटेक कम्प्युटर तथा व्यवहारिक सीप विकास केन्द्र बगरको प्राविधिक सहयोगमा सञ्चालन हुने पूर्व अध्यक्ष सुब्बा घिमिरे बताउँछन् । दुई दशक अगाडिदेखि पोखराका प्रतिष्ठित तालिम केन्द्रमा सहजीकरण गर्दै आएका प्राविधिकद्वारा दिइने शिक्षाले भाइबहिनीलाई आगामी दिनमा उल्लेख्य सहायता पुग्ने पूर्व अध्यक्ष आनन्द पौडेलको आँकलन छ ।