पोखरालाई नेपालको पर्यटनको राजधानि घोषणाको तयारी पूरा, समारोहमा तीन जना सम्मानित हुने, विविध सांस्कृतिक कार्यक्रम हुने

-


     पोखरा क्लिक     
     चैत्र ३ गते २०८० मा प्रकाशित


दीननाथ बराल,

पोखरामा तामझामका साथ गण्डकी प्रदेशको राजधानि पोखरालाई भोलि(आइतबार) नेपालकै पर्यटनको राजधानिको रुपमा घोषणा गर्ने अन्तिम तयारी पूरा भएको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले आज (शनिबार) संयुक्त रुपमा पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा जानकारी गराएको हो ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, छिमेकी पालिकाहरु, पर्यटन सम्बद विभिन्न संघ संस्था, उद्योग बाणिज्य संघ संस्था, संयुक्त पहल कदमीमा सबैको निर्णयको आधारमा आफुहरुले पोखरालाई नेपालकै पर्यटकटनको राजधानिको रुपमा घोषणा गर्न लागिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनु भयो । यसको प्रचार प्रसार र यहाँको पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन गर्न तथा पोखरालाई अझ ब्राण्डिङ गर्न पनि पोखरालाई पर्यटकीय राजधानिको रुपमा घोषणा हुन आवश्यक देखेर आफुहरुले राजधानि घोषणा सहित यहाँको अल्पकालिन, मध्यकालिन र दृर्घकालिन योजनाका साथ तीन तहका सरकारले उचित कार्ययोजना अघि बढाउने उहाँले जनाउनु भयो । यसको प्रचार प्रसार र यहाँको पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन गर्न तथा पोखरालाई अझ ब्राण्डिङ गर्न पनि पोखरालाई पर्यटकीय राजधानिको रुपमा घोषणा हुन आवश्यक देखेर आफुहरुले राजधानि घोषणा सहित यहाँको अल्पकालिन, मध्यकालिन र दृर्घकालिन योजनाका साथ तीन तहका सरकारले उचित कार्ययोजना अघि बढाउने उहाँले जनाउनु भयो ।

आइतबार पोखराको बाराही घाटामा तामझामका साथ पोखरालाई पर्यटकीय राजधानि घोषणा हुने गरी तयारी गरिएको छ भने उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को उपस्थितीमा घोषणा हुने भएको हो । बसुन्धरापार्कबाट विहान करिब १०ः३० बजे सुरु हुने बृहत झाँकी सहितको र्याली बाराही घाटमा पुगेर उद्घाटन समारोहमा परिणत हुने भएको हो । उक्त अवसरमा तीन जना व्यक्तिलाई सम्मान गरिने भएको छ । प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा. मुकुन्द शरण उपाध्यायलाई सम्मान गरिने भएको छ । त्यसै गरी भूगोलविद् स्व.डा.हर्क गुरुङ र सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व.प्रेम प्रकाशमल्ललाई मरणोपरान्त सम्मान गरिने भएको छ ।

उक्त कार्यक्रमलाई विषेश उत्सवका रुपमा समेत मनाउन विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । वरिष्ठ गायीक प्राज्ञ हरिदेवी कोइराला, कन्दरा ब्यान्ड मुख्यगायक (भोक लिस्ट) विवेक श्रेष्ठ, गायकप्रमोद खरेल (म विना कसै कसैलाई मुस्किल छ, पोखरामा……..) गायकप्रकाश सपुत, पोखरेलीगायक धर्मेन्द्र सेवान लगायतको बिषेश प्रस्तुतीः रहने भएको मेयर आचार्यले जनाउनु भयो । गण्डकी प्रज्ञा प्रतिष्ठान÷पोखरा प्रज्ञा प्रतिष्ठानका कालाकारहरूको साङ्गीतिक प्रस्तुति रहने भएको महानगरका पवक्ता मोलीलाल तिल्सिनाले पोखराक्लिकलाई बताउनु भयो ।

पोखरा क्षेत्रमा करिब ७ खर्ब पर्यटनको क्षेत्रमा लगानी भएको प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले बताउनु भयो । उक्त लगानी सहित थप लगानी मैत्री वातावरण गरी यहाँको आर्थिक पर्यटनको प्रबद्र्धन गर्न पोखरालाई पर्यटनको राजधानि घोषणाले धेरै मद्धत पुग्ने उहाँले बताउनु भयो ।

प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका उद्योग पर्यटन तर्फका सचिव कुमानसिंह गुरुङले पोखरालाई पर्यटनको राजधानि घोषणाले यहाँको पर्यटन पूर्वाधार निर्माणमा राज्यको ध्यान जाने बताउनु भयो । यस अघि पोखरालाई पर्यंटनको राजधानि बनाउने चर्चा विगत ७ बर्ष अघि देखि चलेको थियो ।