५ करोडको फिरौती माग्ने दुई जना युवा पोखरामा पक्राउ

-


     पोखरा क्लिक     
     माघ २५ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा २५, माघ,

पोखरामा ज्यान मार्ने धम्की दिदै ५ करोडको फिरौती माग्ने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका २ खुर्कोट घरभाइ हाल पोखरा पोखरा ८ मा बस्दै आउनु भएको ३६ बर्षका लक्ष्मण दर्जी र उहाँका साथी कुश्मा नगरपालिका १४ आर्थर घर भई हाल पोखरा पोखरा ८ सिमलचौर बस्दै आउनु भएको ४२ बर्षीय दिपक बहादुर क्षेत्रीलाई पक्राउ गरीएको कास्की प्रहरीले विहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक समेत गरेको हो ।

पक्राउ परेका दर्जी विगत ४ बर्ष कतारमा बसेर एक महिना अघि मात्र पोखरा आउनु भएको हो भने क्षेत्री नेपालमै बेरोजगारको रुपमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताउनु भयो । पोखरा १६ स्थित लामाचौर घर भएका तथा दीपमा रहेको सच्चाई सेवा केन्द्रका संचालक तथा संचाई सेवा केन्द्र नेपालका केन्द्रिय अध्यक्ष प्रकाश दीप गैरेलाई फोन तथा म्यासेज मार्फत हिन्दी भाषाको प्रयोगमा ज्यान मार्ने धम्की दिदै ५ करोड फिरौती माग गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको उहाँले जनाउनु भयो ।

उहाँहरुको साथबाट लागु औषध गाँजा ५७२ ग्राम, भरुवा बन्दुकमा हाल्ने केप २७ स्थान, १ थान कुखुरी, सानो, ठुलो मुगा १४ थान, कालो टर्च लाइट २ थान बरामद गरिएको एसपी थापाले बताउनु भयो । साथै उहाँहरुको साथबाट ४ थान मोवाइल सेट, भारतको एक, एनसेलको ३ र नेपाल टेलिकमको ५ सहित ९ वटा सिमकार्ड, फामलको हक्सा व्लेड १ थान, रन्दा मेसिन एक थान, गेलेन्डे मेसिन एक थान, पेन्चिस एक थान, ३ वटा पुस्तक, एउटा नोट वुक, विभिन्न उद्योगी व्यवसायी, एनआरएनए, नेताहरुको नाम सहित उहाँहरुको छोरा छोरीको समेत नाम उल्लेख गरिएको ८ पाना भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुई जनाले यूटुवबाट भिडियो समेत हेर्ने गरेको र उक्त रकम दिनसक्ने लागेर सच्चाई केन्द्रसम्म पगेरै अध्यक्ष गैरेको मोवाइल नम्बर समेत ल्याएको प्रहरीले जनाएको छ । फोन तथा म्यासेज गरे पछि पक्राउ परेका दुबै जना पुनः सच्चाई केन्द्रमा जाने गरेको अबस्थामा प्रहरीले उहाँहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई लागु औषध, हात हतियार खरखजना, ५ करोड रकम फिरौती माग गरेकोले अपहरण तथा शरीर बन्धक उद्योग मुद्दा चलाउने तयारी गरेको एसपी थापाले बताउनु भयो । उहाँहरुलाई ७ बर्ष देखि ७० हजारसम्मको जरिवाना हुन सक्ने भएको प्रहरीले जनाएको छ ।

यही माघ १३ गते फोवाइल नम्बर लियर माघ १८ गतेबाट म्यासेज सहित फोनबाट रकम माग गर्दै धम्की दिन सुरु गरेका दुई युवालाई प्रहरीले माघ २४ मा पक्राउ गर्न सफल भएको हो । क्षेत्री पर्वतमा २०७९ हातहतियार तथा खरखजना सम्बन्द्धी मुद्धा चलेको साथै उहाँको २०७१ जिला प्रहरी कार्यालय बगर कास्कीबाट अभर व्यहार सम्बन्द्धी मुद्धा चलेको प्रहरीले जनाएको छ ।