भारतबाट ५० लाख भन्दा बढीको सकरखण्ड पोखरामा

-


     पोखरा क्लिक     
     माघ २ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा २, माघ,

प्रायः गरी माघे शंक्रान्ति पर्वको अवसरमा खाइने कन्दमुल अधिकांश छिमेकी मुलक भारतबाट पोखरा क्षेत्रमा पनि भित्रिएको छ । पोखरामा खपत भएको सकरखण्ड, तरुल सहितको कन्दमुल ८० प्रतिशत जसो भारतबाटै पोखरामा आयात भएको व्यवसायीहरुले बताउनु भएको छ ।

नेपालका पहाडी देखि तराई क्षेत्रमा उत्पादन गर्न सहज हुने सकरखण्ड देखि कन्दमुलमा नेपालले बर्षेनी करोडौं रुपैया खर्चियर भारतबाट आयात गर्ने गरेको व्यवसायीले बताउनु भयो । माघे शंक्रान्तिको अवसरमा पोखरामा ५० लाख भन्दा बढीको सकरखण्ड मात्र पोखरा भित्रिएको पोखराको कृषि उपज बजार व्यबस्थापन समिति पोखरा ९ शान्ति वनवाटिकाको तथ्याङकमा उल्लेख छ ।

नेपालमा उत्पादन हुने सकरखण्ड भन्दा चिल्लो, रातो र ठुलो आकारको हुने हुँदा नेपाली भन्दा भारतबाट आयात हुने गरेको सकरखण्ड नै प्रायः धेरै उपभोक्ताहरुले मन पराउने गरेकोले भारतबाट धेरै सकरखण्ड भित्राउने गरेको एक व्यवसायी हरियोम गुप्ताले बताउनु भयो । भारत गुजरातबाट १ सय बोरा सकरखण्ड उहाँले आयात गर्नु भएको हो ।

स्थानिय, सहित गोर्खा, तनहुँ, धार्दिङ, दाङ, नारायणगढ, नवलपरासी लगायतका जिल्लाबाट पोखरामा माघे शंक्रान्ति सहित पुषमा करिब २१ हजार किलो सकरखण्ड पोखराको फलफुल तरकारीको कृषि उपज बजार व्यबस्थापन समिति पोखरा ९ शान्ति वनवाटिका क्षेत्रमा मात्र भित्रिएको छ । पोखरा आएको अधिकांश सकरखण्ड भारतबाट आयात हुने गरेको उक्त संस्थाकी योजना शहायक रुपा कुमारी दाहालले बताइन्। सकरखण्ड मात्र के कुरा तरुल समेत भारतबाट आएको छ । भारतबाट माघे शंक्रान्ति पर्व लक्षित गरी करिब ११ हजार ७ सय १० किलो तरुल पोखराको कृषि उपज बजार व्यबस्थापन समिति पोखरा ९ शान्ति वनवाटिकामा भित्रिएको संस्थाकी योजना शहायक दाहालले बताउनु भयो ।

पुषको २९ गते मात्र भारतका विभिन्न प्रान्तबाट गरी ४१ हजार २ सय ५० केजी सकरखण्ड पोखरा आयात भएको छ । भारतबाट पुष १ गते देखिबाट पोखरामा रातो ठुलो आकारको सकरखण्ड आउन थालेको हो । जसको म्ुल्य प्रतिकेजी होलसेल मुल्य ५०÷६० भए पनि खुद्रा म्ुल्य १ सयमा बिक्रि भएको छ । माघे शंक्रान्ति सहित पुषमा पोखरामा करिब ६८ हजार भन्दा बढी विभिन्न जातको तरुल उक्त बजारमा भित्रिएको हो । पोखराका मुख्य होलसेल बजार शान्ति वनवाटिकाको कृषि उपज भए पनि अन्य पोखरामा पनि विभिन्न क्षेत्रमा यस्ता फलफुल तरकारी पसलहरु रहेका छन ।

भारतबाट पुष महिनामा करिब १ लाख ४० हजार किलो सकरखण्ठ पोखरामा खपत भएको छ । भारतको तुलनामा नेपालमा उत्पादन भएको सकरखण्ड स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक भए पनि रातो र सेतो जुन फुर्सो र सानो आकारमा हुने हुँदा आम उपभोक्ताले भारतकै सकरखण्ड खान रुचाउने गरेको एक व्यवसायी बम बहादुर तामाङले बताए ।

भारतबाट विभिन्न जातको ११ हजार ७ सय १० केजी तरुल समेत पोखरा आएको समितिले जनाएको छ । योजना शहायक रुपा कुमारी दाहालले अघिल्लो बर्षको तुलनामा यस बर्ष माघे शंक्रान्तिको अवसरमा करिब ३० प्रतिशत जसो कम कन्दमुल पोखरा भित्रिएको दाबी गर्नु भयो । अघिल्लो बर्षमा पोखरामा एक करोड करिब ५० लाखसम्मको कन्दमुलको कारोवार हुने भए पनि यस बर्ष हाल एक करोडको कारोवार भएको उहाँले जनाउनु भयो ।

अघिल्ला बर्षको तुलनामा कन्दमुलको कम खरिद गर्ने गरेको अनुभव सुनाउदै एक किसान संजिमान घलेले गोर्खाबाट आफ्नै बारीमा फलेको सकरखण्ड बिक्रिको लागि पोखरा ल्याउनु भएको थियो । ४ रोपनीमा लगाएको सकरखण्ड यसपाली करिब १० क्विन्टल उत्पादन भएको उहाँले जनाउनु भयो । भारतीय सकरखण्डको कारण आफुहरुको बिक्रि कम हुने र मुल्य पनि ४० रुपैयामा प्रति केजीमा बिक्रि गर्न बाध्य हुनु परेको गुनासो उहाँले गर्नु भयो । जाँते, पन्जे, सेतो तरुल त्यसै गरी वन तरुल र सकरखण्ड, पिडालु जस्ता कन्दमुल हाल पोखरामा बिक्रि वितरण भएको थियो ।



This will close in 20 seconds