लायन्स क्लब पोखरा गुडविलको रक्तदान कार्यक्रमबाट १०१ युनिट रगत संकलन

-


     पोखरा क्लिक     
     पौष २८ गते २०८० मा प्रकाशित


पोखरा २८, पुष

पोखराको लायन्स क्लब अफ पोखरा गुडविलले शनिबार आयोजना भएको खुला रक्तदान कार्यक्रमबाट १ सय १ यूनिट रंक्त संकलन भएको छ । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत पोखराका मानवअधिकार चोक (पोखरा ट्रेड मलको गेट अगाडी) आयोजना गरिएको कार्यक्रममा उक्त रंक्त संकलन भएको कार्यक्रमका संयोजक राजेन्द्र शर्मा तिमिल्सिनाले बताए ।

क्लब यस वर्ष लायन्स क्लबहरु मध्येमा सर्वाधिक रगत संकलन गर्न सफल भएको क्लवको दाबी छ । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन डा.अमर नागिलाले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । रक्तदान जीवनमा अति नै आवश्यक भएको उहाँले बताए ।

लायन्स क्लब अफ पोखरा गुडविलका अध्यक्ष विपिन सुवेदीको अध्यक्षतामा सम्पन्न् कार्यक्रममा रिजनल चियर पर्सन मणिप्रसाद डुम्रे, अडिसनल डिष्ट्रिक्ट कोअर्डिनेटर सन्तोष कुमार श्रेष्ठ,डिष्ट्रिक्ट को अर्डिनेटर पवित्रराज तिवारी, लान्यस क्लब अफ पोखरा अभियानका अध्यक्ष मात्रिका पौडेल तथा अमृतप्रसाद तिवारी लगायतले रंक्तदानको बारेमा चर्चा गरेका थिए । क्लवले विगतका बर्ष देखि सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।