
दीननाथ बराल
पोखरा १७, पुष
पोखराको होटलमा एक युवाको रहस्यमय ढंगबाट मृत्यु भएको छ । कास्कीको माछापुच्छे««« गाउँपालिका ७ धम्पुसका करिब २७ बर्षीय विकास बिश्वकर्माको पोखरा चाउथेको एक होटलमा रहस्यमय ढंगले मृत्यु भएको उनका आफन्तले बताएकाछन् ।
लेकसाइडमा पुगेर सडक महोत्सवमा प्रेमीका सहित साथीभाईसंगै बसेर रमाइलो गर्दै पुष १६ गते बिहान २ः४५ बजे होटल पुगेका बिश्वकर्मा करिब ४५ मिनेटमै उनको रहस्यमय ढंगले मृत्यु भएको बताइएको छ ।
बिश्वकर्मासंगै उहाँकी प्रेमीका समेत साथै भएकोले उहाँको कारण आफ्नो छोराको नियोजित ढंगले हत्या भएको हुनसक्ने उहाँका बाबु बुद्धिबहादुर बिश्वकर्माले बताउनु भयो ।
होटलमा पुगेको करिब ४५ मिनेटमै बिश्वकर्माकी प्रेमीकाले चिच्याउदै पुष १६ गते बिहान ३ः३० बजे होटलमा खबर गरे पछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुग्दा बिश्वकर्मा नग्न अबस्थामा डोरीले झुण्डीएको अबस्थामा भेटिनु भएको थियो । मृतकका आफन्तले घटना रहस्यमय भएको भन्दै आन्दोलन गरे पछि हाल बिश्वकर्माको शव पोखराको मणिपाल शिक्षण अस्पतालमा पोष्टमाटमको लागि राखिएको छ ।
उक्त घटनाको बिषयमा हाल अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार बि.क.ले पोखराक्लिकलाई बताउनु भयो । उक्त घटनाको बिषयमा पोष्टमाटमको रिपोर्ट आए पछि मात्र घटनाको बारे थप केही भन्न सकिने उहाँले जनाउनु भयो । उक्त घटनामा संलग्न भएको आरोपमा एक युवती (बिश्वकर्माकी प्रेमीका) लाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ । पोखरामा फाट्य फुट्य यस्ता हत्या र अपराधिक घटना भई रहदा अझै पनि होटलहरुमा अनिवार्य रुपमा जडान गर्नुपर्ने सीसी क्यामरा जडान गर्न नसक्दा उक्त घटनाको अनुसन्धान गर्न थप समस्या हुने गरेको प्रहरीले जनाएको छ ।