रुपा गाउँपालिका जनजनमा माआेवादी घर घरमा माओवादी बिशेष रुपान्तरणकाे समापन समारोहमा बाेल्ने बक्ताहरुले जनताको घरमा निरन्तर जानुपर्ने बताएका छन् ।
केन्द्रीय लेखा समिति सदस्य झलकपाणी तिवारी बिगतमा भन्दा नेता पनि रुपान्तरण भएको बताउदै निरन्तर जनताकाे घरमा जानुपर्ने बताएका छन् ।
तिवारीले अहिलेकाे अभियानले जनता संगै पुरै नजाेडिएकाे तर कार्यकर्ता संग जाेडिएकाे बताए । पछिल्लो समयमा संस्थागत रुपान्तरणमा रहेको, अहिलेसम्म जनता संग छुटेको अभियानले जाेडिने काम भएको जानकारी दिए । उनले जनता संग निरन्तर जाेडिनुपर्ने बताए ।
केन्द्रीय सल्लाहकार कृष्णबहादुर गुरुङ पहिला जस्तै पार्टी बनाउनकाे लागि अभियान सञ्चालन भएको बताए ।
प्रदेश सचिवालय सदस्य विश्व प्रकाश लामिछाने अभियानकाे मुख्य उदेश्य जनताकाे घरमा नेता जाने याेजना रहेको बताए । अभियान समाजवादी क्रान्ति तिर उन्मुख भएको बताए ।
अध्यक्ष राजकुमार घिमिरे सकरात्मक भएको छ । धेरै अभियान संचालन गर्नुपर्ने धारण राखे ।
कार्यक्रममा रामचन्द्र खनाल, सन्तबहादुर भुजेल, एसबहादुर गुरुङ, सत्यराज सुवेदी लगायतले भनाइ राखेका थिए ।
भदौ १६ गतेदेखि सुरु भएको अभियान ४ महिना निरन्तर चलिरहेको थियो ।