राष्ट्रिय माविको हीरक जयन्ती चैतमा, गुरुङद्धारा एक लाख अक्षयकोष स्थापना

-


     पोखरा क्लिक     
     पौष ७ गते २०८० मा प्रकाशित


पोखरा, ७ पुस

स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा आफनो हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आउदो चैतमा पुनमिलन समारोह गर्ने भएको छ । विद्यालयमा शनिबार बसेको पुर्व विद्यार्थी, पुर्व शिक्षक÷कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सरोकारवालाहरुको भेलाले पुनमिलन समारोह गर्ने तय गरेको हो ।

भेलाले पुनमिलन समारोहका लागि ०३३ सालको ब्याचका विद्याथी एंव पछि शिक्षकको रुपमा विद्यालयमा काम गरेका वसन्तराज अधिकारीको संयोजकत्वमा पुनमिलन समारोह उपसिमित गठन गरेको छ । समितिको सदस्यहरुमा रामराज रेग्मी, चक्रपाणी सुवेदी, भोला पराजुली, तेज बहादुर गुरुङ, राजु केसी, रोहितराज पराजुली, हरि अधिकारी, शिवराज तिमिल्सिना, प्रदिपरमण आचार्य, संजित थापा मगर र कृष्ण सेन्चुरी चयन भएका छन् भने समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटा रहेका छन् । समितिमा प्रत्येक पाँच पाँच वर्ष ब्याचकोे प्रतिनिधित्व हुने गरि एक एक जना सदस्य चयन गरिएको र थप सदस्य पछि चयन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाले जानकारी दिए ।

पुनमिलन समारोहमा विद्यालयमा अध्य्यन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक÷कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्यहरु बिच परिचय सगै अनुभव आदान प्रदानको काम सगै विभिन्न मनोरञ्जनात्कम र सास्कृतिक कार्यक्रम गरिनेछ ।  २० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक जयन्ती २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाउदै छ । यस अघि गत २० मंसिरमा प्रभातफेरी सगै हीरक महोत्वको शुभारम्भ गरिएको थियो । हीरक महोत्वका अन्र्तगत पुनमिलन समारोह गर्न लागिएको हो ।

हीरक महोत्सव अन्र्तगतका विभिन्न उपसमितिहरु मध्ये शैक्षिक सम्वाद कार्यक्रमका लागि प्राडा विश्वकल्याण पराजुली, स्वास्थ्यमा डा वसन्त ताम्राकार, स्मारिक प्रकाशनमा रविन्द्र माकाजु, अन्र्तराष्ट्रिय समन्वयमा मदन केसी, सास्कृतिकमा श्यामलाल श्रेष्ठ, पुरस्कार तथा सम्मानमा सहारा प्रधान, चित्रकला र कवितामा प्राज्ञ रमेश श्रेष्ठ, रक्तदानमा जिवन अधिकारीलाई संयोजकमा चयन गर्न मुल समितिले गरेको प्रस्ताव भेलाले पारित गरेको थियो ।

गुरुङद्धारा एक लाख एक हजार १११ को अक्षयकोष स्थापना भेलाकै अवसरमा विद्यायलका पुर्व विद्यार्थी पोखरा महानगरपालिका वडा नम्बर १ स्थित शिलत बस्ती निवासी माया गुरुङले एक लाख एक हजार १११ रुपैयाको अक्षयकोष स्थापनाको घोषणा गरिन । कोषको रकमबाट आउने व्याजबाट प्रत्येक वर्ष विद्यालयमा अध्य्यन गर्ने न्युन आए भएका गरिब सगै जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरि गुरुङले अक्षयकोष स्थापना गरेकी हुन् । यो सगै गुरुङले हीरक जयन्तीका लागि ११ हजार १११ रुपैया आर्थिक सहयोगको घोषणा समेत गरेकी थिईन ।

 



This will close in 20 seconds