क्योकुशिनकानको पेटी परीक्षा सम्पन्न

-


     पोखरा क्लिक     
     पौष १ गते २०८० मा प्रकाशित


पोखरा १, पुष

नेपाल क्योकुशिनकान कराँते संघ कास्कीको आयोजनामा शनिबार पेटी परीक्षा सम्पन्न भएको छ । करिब २ सय परीक्षार्थीले पेटी परीक्षा दिएका छन् । कास्की जिल्लामा रहेका रंगशाला डोजो, लेखनाथ डोजो, पिएन डोजो, बागमारा डोजो, भण्डारढिक डोजो लगायतका डोजोका खेलाडी सहभागी भएको नेपाल क्योकुशिन कराँते संघ कास्की अध्यक्ष लक्ष्मण कुवँरले जानकारी दिए ।

सेतो पेटीबाट पहेँलोमा जाने, पहेँलोबाट वरेन्ज पेटीमा जाने, वरेन्जबाट हरियो पेटीमा जाने, हरियोबाट निलो पेटीमा जाने, निलोबाट खैरो पेटीमा जाने र खैरो पेटीको तह घटाउनको लागि खेलाडीले पेटी परीक्षा दिएका हुन् ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले खेलमा लाग्नेको भविष्य राम्रो रहेको बताए । उनले पेटी परीक्षामा सहभागीलाई शुभकामना दिए । संघका प्रदेश प्रमुख दिपक गोदार खेलले अनुशासन सिकाउने बताए ।