तमूवान स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष गर्ने चेतावनी

-


     पोखरा क्लिक     
     मंसिर २७ गते २०८० मा प्रकाशित


पोखरा २७, मंसिर

तमू समुदायको युवा संस्था तमू युवा ह्युल छोंज धींले पहिचान सहितको तमूवान स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष गर्ने चेतावनी दिएको छ । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा तमू युवा ह्युल छोंज धींले गण्डकी प्रदेशलाई पहिचान सहितको तमूवान स्वायत्त प्रदेश घोषणा नभएसम्म संघर्ष गर्ने चेतावनी दिएको हो ।

तमू युवा ह्युल छोंज धीं केन्द्रिय समिति काठमाण्डौंको ईलाममा हालै सम्पन्न दोश्रो महाधिवेशनले जारी गरेको १५ बुंदे घोषणा पत्र समेत बुधबार पोखरामा सार्वजनिक गर्दै समितिले आफ्ना गुमेको अधिकार प्राप्ती गर्ने गरी पहिचान सहित प्रशासनीक अधिकारको लागि सघर्ष गर्ने भएको समितिका नवनिर्वाचित अध्यक्ष तोरण गुरुङले बताउनु भयो । परम्परादेखि आफुहरु पिछडिएको दाबी गर्दै उहाँले राज्यका हरेक निकायमा आफुहरुको पहुच हुनु पर्ने, हरेक स्थानीय तह हरुमा त्यस स्थानमा बसोबास गर्ने बहुसंख्यक जातीय जनसंख्याको आधारमा तमु मातृ भाषा पाठ्यक्रम र सरकारी कामकाजको भाषामा तमु भाषा लागू नगर्दा सम्म अनिवार्य लागू गर्न दवाब मुलक संघर्सको कार्यक्रमहरु सन्चालन गर्ने चेतावनी दिनु भयो ।

तमू युवा ह्युल छोंज धींले गुरुङ राष्ट्रिय परिषदको युवा संस्था तमु युवा ह्यूल छोंज धींले पहिचान सहितको स्वायत्त प्रदेश नभएसम्म संघर्ष जारी राख्ने उक्त अभियानमा आफुहरु पनि एक भयर लाग्ने भएको परिषद गण्डकीका अध्यक्ष दलबहादुर गुरुङले बताउनु भयो । आफुहरुको खोसिएको अधिकार प्राप्तीको लागि अब तमूहरु एक भई अघि बढ्ने त्यसको सुरुवात ल्होसार पर्वबाटै हुने उहाँले उद्घोष गर्नु भयो ।

“सम्पूर्ण तमू युवाहरु एकजुट होऔं” भन्ने नारा सहित तमू युवा ह्युल छोंज धींले जारी गरेको घोषणा पत्रमा परापूर्व काल देखि मुलरुपमा पश्चिम काली गण्डकी र पूर्व बुढी गण्डकी बिचको भुगोल र त्यस वरपरका भुगोलमा आदिम थलो बनाएर बसेका तमु (गुरुङ) जाति र त्यसका युवाहरुको त्यही भुमिमा तमु भाषा, संस्कृती, साहित्य, तमु ज्ञान सीप, आस्था र परम्पराहरुको उत्पती भैई भिन्न विशिष्ट सांस्कृतिक विरासत कायम रहेकोमा त्यसलाई चीरकाल सम्म निरन्तरता दिन माग गरिएको छ ।
तमु जातिहरुको भाषमा प्रचलित सबै गाउँ, स्थान, नदी–खोला, ताल तलैयहरु जो अहिले खसकरण हुँदै लोप गरिएका नामहरु हरेक प्रशासनिक ईकाईहरुमा पुनः तमु भासामा नै नामाकरण गरि तुरुन्त लागु नगर्दा सम्म दबाव मुलक संघर्सको कार्यक्रमहरु सन्चालन गर्ने छोंज धिंले चेतावनी दिएको छ ।

मातृ सस्था तमु ह्युल छोज धी गुरुङ्ग रास्ट्रीय परिषदको विभिन्न महाधिवेशनमा पारित विधान, प्रस्तुत राजनीतिक, तथा साडाठानिक प्रतिवेदन तथा अग्रजहरुको सल्ल्ह÷ सुझाव लाई समेत आत्मसाथ जाने भएको घोषणा पत्रमा उल्लेख गरिएको छ । नेपाल र संसार भरि छरिएर रहेको तमु युवाहरुलाई गोलबद्द बनाउदै लोपोन्मुख भाषा, धर्म, संस्कार, संस्कृति र परम्पराको पालाना, संरक्षण र सम्बर्द्धन गर्ने संकल्प गरेको छोंज धिंले सम्पुर्ण उत्पीडित आदिवासी युवाहरुलाई एकता र भतृत्व पुर्ण शहिस्णुताको सुत्रमा गोलवन्द पार्ने अठोट समेत गरेको छ ।

साथै देशको रक्षार्थ अंग्रेज फौजलाइ परास्त गरि वृक्टिस सम्राज्यवादको उपनिवेस हुनवाट जोगाउन महत्वपुर्ण भुमिका निर्वाह गर्नु हुने शिकारी सरदार बंशु गुरुङलाइ राष्ट्रिय विभुती घोषणा गर्न राज्यलाइ दावाव दिने, निकट भबिस्यमा तमुहरुको सबै सस्थाहरुको अनिवार्य एकताको साझा सपना साकार पार्ने विस्वास, संकल्प र अठोट गर्दै अघि बढ्ने भएको अध्यक्ष गुरुङले उल्लेख गर्नु भयो । तमु युवा ह्युल छोज धी “तयुह्यु“ लाई समायनुकुल, चलयामान, र गतिशिल बनाउनका लागि यसको सांगठानिक संरचना, लक्ष्य र उद्धेश्य अझ बलियो बनाउने नवनिर्वाचित महासचिव मनराज गुरुङले बताउनु भयो । उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष एवं महासचिवलाई खादा तथा माला लगाई पोखरामा बधाई ज्ञापन समेत गरिएको एटुजेडलाई समितिले जनाएको छ ।