दीननाथ बराल
पोखरा १२, कार्तिक
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस सोमबार पोखरा आउने भएसंगै उनलाई भव्य स्वागत गर्ने तयारी गरिएको छ । चार दीन नेपाल भ्रमणमा आएका महासचिव गुटरेस औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आउने कार्यक्रम तय भएसंगै उहाँलाई पोखराका पर्यटन व्यवसायी र पोखरा महानगरपालिका सहितका संघ संस्थाले पन्चे बाजा गाजा सहित भव्य स्वागत गरिने भएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले एटुजेडलार्ई बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा आइतबार काठमाण्डौं आएका महासचिव गुटरेसलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए । महासचिव गुटरेस सोमबार दिउँसो हेलिकोप्टर मार्फत पोखरा विमानस्थल(पुरानो)अवतरण गरी पोखरा लेकसाइड स्थित फिस्टेल लजमा एक रात बस्ने भएको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए । सोमबार दिउँसो १ः२० बजे काठमाडौंबाट पोखरा विमानस्थलमा १ः५० बजे आउने कार्यक्रम तालिका रहेको छ भने सोमबार महासचिव गुटरेस फिस्टेल लजमा १ः५५ बजे पुगेसंगै खाना सहित एक रात उनी उक्त लजमै बस्ने भएका हुन् ।
मंगलबार बिहान महासचिव गुटरेस अन्नपूर्ण आधार शिविर(एबीसी) अवलोकन गर्न जाने भएका छन्। नेपाली सेनाको हेलिकोप्टर मार्फत विहान ६ः३० बजे अन्नपूर्ण आधार शिविर(एबीसी) प्रस्थान गर्नु हुने भएको छ भने २० मिनेटको यात्रामा एबीसी पुगेसंगै उनकोे करिब एबीसीमा ४० मिनेट अध्ययन अवलोकन गर्ने समय तालिका सार्वजनिक गरिएको छ । सोमबार बिहान ७ः५० एबीसीबाट उडान गरी ७ः५० बजे पोखरा विमानस्थलमा अवतरण गर्ने समय तालिका तय गरिएको छ भने त्यस पछि बिहान ८ः१५ बजे भैरहवामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल तर्फ प्रस्थान गर्ने भएका हुन् । उनी करिब २० मिनेटको यात्रामा भैरहवा पुग्नु हुने भएका छन्।
राष्ट्रसङ्घका महासचिवको करिब डेढ दशक पछि नेपालमा हुन लागेको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । उनको भ्रमणको क्रममा शान्ति प्रकृया, नेपालको दिगो विकास, जलवायुपरिवर्तन, कोरोनाबाट प्रभावित भएको अर्थतन्त्र लगायतको बिषयमा समेत छलफल हुने भएको बताइएको छ ।
उनको नेपाल सहित गण्डकी प्रदेशको राजधानि पोखरा र विश्व चर्चीत पदमार्ग अन्नपूर्ण आधार शिविरको अवलोकन गर्नुले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा संसार भरी व्यापक प्रचार हुने आफुहरुmे पूर्ण रुपमा विश्वास लिएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । कोरोनाबाट प्रभावित भएको यो अबस्थामा दशैंको अवसरमा केही आन्तरिक पर्यटकहरुले आशा जगाएको अबस्थामा महासचिव गुटरेसको भ्रमणले यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा कोषेढुंगा सासिवत हुने श्रेष्ठले दाबी गरे । दशैंको अवसरमा पोखरा क्षेत्रमा करिब १५ प्रतिशत विदेशी सहित गरी ६० प्रतिशत होटल अकुपेन्सि रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । यति वेला एबीसी र माछापुच्छे« मोडल ट्रेक, मर्दी हिमाल मोडल ट्रेक, खुमै डाँडा लगायतका पदमार्गमा पर्यटकहरुको अत्याधिक भिड भाड भएको टान पश्चिमाञ्चलका अध्यक्ष धर्मराज पन्थीले बताए ।
यसैबिच, आइतबार पोखरामा महासचिव गुटरेसलाई सोमबार गरिने शान्ति सुरक्षाको व्यबस्थापनलाई चुस्त दुरुष्त पार्न रियल सो गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार विकले बताए । उहाँको शान्ति सुरक्षालाई मध्यनजर गरी एक दिन अघि नै पोखराका विभिन्न चोक सहितको क्षेत्रमा रियल सो गरिएको उनले जनाए । पोखरा विमानस्थल देखि फिल्टेल गेटसम्मको रुटका मुख्य चोक देखि सडक भरी आइतबार रियल सो(डेमो प्रर्दशन स्वरुप) सुरक्षाकर्मी खटाइएको थियो ।