दीननाथ बराल
पोखरा ११, कार्तिक
पोखराको तालवाराही मन्दिरमा दर्शन गर्नेहरुको शनिबार अत्याधिक भिड भएको छ । दशैं पर्वको अन्तिम दिन शनिबार (कोजाग्रतपूर्णिमा) पर्वको अवसरमा तालवराही मन्दिरमा दर्शन गर्ने दर्शनार्थी एवं पर्यटकहरुको बर्षकै अत्याधिक भिड भएको हो ।
पोखराको धार्मिक एवं पर्यटकीय गन्तव्य तालवराही मन्दिरमा बर्षको ३ सय ६५ दिन मध्य कोजाग्रतपूर्णिमा पर्वको दिनमा सबै भन्दा बढी भिड लागेकोे एक डुंगा व्यवसयाी पृतम कुंवरले दाबी गरे । शनिबार बिहानै देखि तालवराही मन्दिरको दर्शन गर्न तथा दशैंको जमरा सेलाउने एवं घुमघाम गर्ने पर्यटकहरुको सङख्या बर्ष दिनकै सबै भन्दा बढी भिडभाड भएको उनले जनाए ।
तालवराही मन्दिरको दर्शन गर्न डुंगा सयरको लागि टिकट काट्ने र लाइफ ज्याकेट लिनेहरु बिहानै देखि भिडभाड भएको थियो ।
वाराही घाट क्षेत्रमा फुटपात व्यापारको मेला नै लागेको छ ।