पोउवा संघले पूर्वअध्यक्ष पालिखेलाई सुम्पियो चीनका उवा संघसँगको सम्बन्धको जिम्मेवारी

-


     पोखरा क्लिक     
     कार्तिक १ गते २०८० मा प्रकाशित


पोखरा, १ असोज

पोखरा उद्योग वाणिज्य संघले आफ्ना पूर्वअध्यक्ष तथा सल्लाहकार विश्वशंकर पालिखेलाई मित्रराष्ट्र चीनका विभिन्न सहरमा रहेका उद्योग वाणिज्य संघसँग समन्वय र सहकार्य गर्ने जिम्मेवारी सुम्पेको छ ।

संघका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा यही असोज २७ गते बसेको १५ औं बैठकले पूर्वअध्यक्ष पालिखेलाई सो कार्यको लागि संयोजकको जिम्मेवारी सुम्पेको महासचिव बलराम आचार्यले जानकारी दिए । उनका अनुसार समन्वय र सहकार्यअन्तर्गत ‘भगिनी सम्बन्ध’ बिस्तार पनि समेटिएको छ ।