दीननाथ बराल
पोखरा २९, असोज
चारै तर्फ रमाईलो सरसफाई र हात हातमा नयाँ नोट ठाँउ ठाँउमा पिङ र सम्भव भए चंगा उडाउनु प्रायः बालबालिकाहरुको लागि दशैंको आएको भान हुन्छ जसले दशैंको रौनक दिएको हुन्छ । प्रायः अधिकांशको घर घरमा भएका ती बालबालिकाहरुको खुसिको लागि हामीले परम्परा देखि चल्दै आएका धेरै कुरालाई चट्ट छाड्न सक्दैनौं ।
ती मध्यको एक हो दशैंमा नयाँ नोट । हरेक बालबालिकाहरुको लागि दशैं भने पछि चाहे ५ रुपैया को नोट होस तर नयाँ नोटको महत्व छुट्टै हुन्छ । त्यही बालबालिकाहरुको खुसिको लागि घण्टौं लाइनमा बसेर पोखरामा पनि नयाँ नोट सटही गरेका छन्। दशैंको अवसरमा नयाँ नोट बालबालिकाहरुलाई दिदा उनीहरुको खुसिको लागि आफुले प्रायः सधै दशैंमा नयाँ नोट साट्ने गरेको पोखराका असित बरालले जनाए । नयाँ नोट दशैंमा टिका लगायर बालबालिकाहरुलाई दिदा उनीहरुको खुसि, मज्जा मान्ने गरेकोले आफु हरेक बर्ष नयाँ नोट सटही गर्न आउने गरेको बताए ।
पोखरा छोरेपाटनका एक युवा कुमार परियार पहिलो पटक एक घण्टा लाइनमा बसेर नयाँ नोट सटही गरे । दशैंमा नयाँ नोटको कारोवारले मज्जा हुने सुनेर नयाँ नोट साट्न आएको उनी बताउदै थिए । नयाँ नोट सटही गर्न झोला सहित लाइनमा बसेका महेश्वरी पराजुलीले यस बर्ष भने नयाँ नोट सटही गर्दा एक घण्टा जसोमा पालो आउने गरी व्यबस्थित भएको बताइन् । नयाँ नोट सटही गर्नेको लाइनमा फरक धारण भएका तुलसी प्रसाद भण्डारीले आफुले कारोवार गर्ने एनआईएमबी, माछापुच्छ«्रे बैंकले नयाँ नोट नदिएको कारण बालबालिकाको खुसिको लागि लाइनमा बसेर नयाँ नोट साट्न राष्ट्र बैंकसम्म आई पुगेको बताए ।
नयाँ नोट सटही गर्न जादा बाहर लाइनमा बसेका सेवाग्राहीहरुलाई मुल गेटबाट दर्ता गरेर सुरक्षा गार्डले भित्र पठाउने व्यबस्था मिलाएका थिए । वडा दशैं पर्वको अवसरमा पोखरामा नयाँ नोट सटही गर्नेहरुको भिडभाड सुरु भएको छ । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले आज (सोमबार) देखि आम सर्वसाधारणको लागि नयाँ नोट सटही गर्न सुरु गरेसंगै सटही गर्नेहरुको बिहानै देखि भिडभाड सुरु भएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक आर्या जोशीले एटुजेडलाई बताइन् ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सोमबारदेखि सर्वसाधारणको लागि प्रति व्यक्ति १८ हजार ५ सयको नयाँ नोट सटही गर्न व्यबस्था मिलाएको उनको भनाई छ । सर्वसाधारणको लागि भने गत बर्ष झै यस बर्ष पनि सानो नोट (५, १०, २०, ५० र १००) का एक÷एक बण्डल सटहीको व्यबस्था गरिएको निर्देशक जोशीले जनाइन्।
नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले गण्डकी प्रदेशका बैंक तथा विक्तिय संघ संस्थाहरुलाई पहिलो चरणमा ८३ करोड २५ लाखको नयाँ नोट सटही गरेको छ । नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा यस बर्ष १ अर्ब २३ करोड ४५ लाख नयाँ नोट सटही गर्ने योजना रहेको राष्ट्र बैंक पोखरा कार्यालयलका उप—निर्देशक सम्झना ढकालले बताइन् । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले गत बर्ष १ अर्ब ५५ करोड २२ लाख रुपैया बैंक तथा विक्तिय संघ संस्था सहित आम सर्वसाधारणलाई नयाँ नोट सटही गरेको थियो । यस बर्ष आफुहरुसंग नयाँ नोटको धेरै स्टक नभएकोले माग अनुसार दिन नसके पनि सन्तुलित ढंगले वितरण गर्दै गरेकोे उप—निर्देशक ढकालले उल्लेख गरिन्।