डि.एन.बी.
पोखरा १४, असोज
सुदुर पश्चिम प्रदेशका रोशन विष्ट मिस्टर योगी बन्न सफल हुनु भयो भने महिला तर्पm बागमती प्रदेशकी विशिका ढकाल मिस योगिनी बन्न सफल हुनु भएको छ । नेकोस खेलकुद महोत्सव २०८० अन्तर्गत आइतबार पोखरामा सम्पन्न भएको योगखेलको प्रतिष्प्रर्धामा विष्ट र ढकालले उत्कृष्ट योग खेल प्रर्दशन सहित उक्त उपाधि हात पार्न सफल हुनु भएको हो ।
सात प्रदेशबाट सहभागी ४९ योग खेलका खेलाडीहरुमध्ये पुरुषतर्फ विष्ट र महिला तर्पm ढकाल उत्कृष्ट हुदै उक्त उपाधिको साथमा जनही नगद ६ हजार साथमा प्रमाणपत्र प्राप्त गर्नु भएको गण्डकी नेकोशका अध्यक्ष नवराज अधिकारीले एटुजेडलाई बताउनु भयो ।
त्यसै गरी १५ देखि २५ बर्ष उमेर समुहमा सुदुर पश्चिम प्रदेशका रोशन विष्ट प्रथम, बागमती प्रदेशका भरत कुमार दोश्रो हुनु भयो भने बागमती प्रदेशकै मनिश श्रेष्ठ तेश्रो हुनु भयो । सोही इभेण्टमा महिला तर्फ बागमती प्रदेशकी विशिका ढकाल प्रथम, कोशी प्रदेशकी चादनी दर्जी दोश्रो र सुदुर पश्चिम प्रदेशकी पुष्पा नाथ तेश्रो हुनु भयो ।
१५ बर्ष मुनिका खेलाडीहरु सहभागि पुरुष तर्फको प्रतिष्प्रर्धामा कोशी प्रदेशका किरन मगर प्रथम हुनु भएको छ भने मधेश प्रदेशका शिब यादब द्वितिय, बागमती प्रदेशबाट अभि खत्रि तेश्रो हुनु भयो । सोही इभेण्टमा महिला तर्फ मधेश प्रदेशकी स्वईच्छा थापा प्रथम, मधेश प्रदेशकै प्रज्ञा गौतम दोश्रो र बागमती प्रदेशकी संचिता बाटी तेश्रो हुनु भयो ।
२५ देखि ३९ बर्ष उमेर समुहमा गण्डकी प्रदेशका नीलकण्ठ लामिछाने प्रथम, अन्तर्गत प्रथम, बागमती प्रदेशका सन्दीप महर्जन दोश्रो र कोशी प्रदेशका मोहन पौडेल तेश्रो हुनु भएको हो । सोही इभेण्टमा महिला तर्फ मधेश प्रदेशकी सोनु खडका प्रथम, गण्डकी प्रदेशकी रेनुका खडका र बागमती प्रदेशकी सुनिता पताकोटी तेश्रो हुनु भयो ।
त्यसै गरी ४० वर्ष उमेर माथीको प्रतिष्प्रर्धामा बागमती प्रदेशका राज कुमार ओडारी प्रथम, कोशी प्रदेशका बलराम ढुंगाना दोश्रो र गण्डकी प्रदेशका कमल नाथ लम्साल तेश्रो हुनु भयो । सोही इभेण्टको महिला तर्फ बागमती प्रदेशकी रविना शाक्य प्रथम, गण्डकी प्रदेशकी कमला गुरुङ दोश्रो र मधेश प्रदेशकी नारायणी रेग्मी तेश्रो हुनु भयो । हरेक समुहमा प्रहिलो, दोस्रो र तेस्रो हुनले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद प्राप्त गर्नु भएको केन्द्रिय सदस्य पुष्कर राज पन्तले बताउनु भयो ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई नेकोसका केन्द्रिय अध्यक्ष तथा पुर्व राखेपका सदस्य सचिव केशब कुमार विष्ट, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, सल्लाहकार खडक रानाभाट, नेपाल योग खेलकुद संघका अध्यक्ष प्रो.सूर्य बहादुर कार्की, उपाध्यक्ष डा. दिपा पाण्डेय, डाक्टर आनन्द गैरे, महासचिव चुडामणि खरेल, पोखरा महानगर व्यावसायीक प्रबद्र्धनका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
नेपाल खेलकुद महासंघ समाजबादीको आयोजनामा असोज १३ देखि २३ गतेसम्म नेकोस च्याम्पियनशिप तथा खेलकुद महोत्सव २०८० अन्तर्गत पोखरामा दुई दिन योगखेल र स्कोरबार्डको राष्ट्रिय प्रतियोगिता भएको हो । नेकोसको आयोजना तथा नेपाल योग खेलकुद संघको प्राविधिक सहयोगमा आइतबार पोखरामा सम्पन्न भएको उक्त प्रतियोगितामा सात प्रदेशका २५ महिला तथा २४ पुरुष गरी ४९ योग खेलका खेलाडीहरु सहभागी रहेको महासंघले जनाएको छ ।
उक्त महोत्सवको शनिबार देखि पोखरामा सुरु भएको हो । स्केटबोर्डको खेल समेत पोखरामा भएको हो ।