पर्यटन

टानसंग भेटवार्ताः पोखराबाट चिन जाने प्रयाप्त पर्यटक भएको खण्डमा नियमित हवाई उडान हुने महाप्रबन्धक यानको भनाई

दीननाथ बराल,पोखरा १३, चैत, चिन ट्राभल सर्भिस इन्टरनेशनल छेन्दु ट्राभल सर्भिस कम्पनी लिमिटेडका महाप्रबन्धक यान जुनले पोखराबाट चिन जाने प्रयाप्त पर्यटक भएको खण्डमा नियमित हवाई उडान हुने बताउनु भएको छ । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य सहितको टोलीसंग बुधबार महाप्रबन्धकसंगको भेटवार्तामा उहाँले पोखरा सहित नेपालको पर्यटन प्रबद्र्धन गर्न पोखराबाट चिन जाने प्रयाप्त पर्यटक भएको खण्डमा नियमित हवाई उडान हुने बताउनु भएको हो । पोखरेलीको लामो समेत आन्दोलनबाट पोखरा विमानस्थ बनेको बिषयले आफुहरुले यसलाई नियमित… पुरा पढौ

चिन र नेपाल भ्रमणमा रहेका पर्यटक स्वदेश फर्किए, नियमित उडान गर्ने बिषयमा छेन्दु ट्राभलका महाप्रबन्धक यान र मुख्यमन्त्री पाण्डे बिच भेटवार्ता

दीननाथ बराल,पोखरा, १२ चैत, मित्र राष्ट्र चिन र नेपाल भ्रमणमा रहेका पर्यटक स्वदेश फर्किएका छन् । चिनको सिचुवान प्रशान्तका छेन्दु सहितका क्षेत्रबाट पोखरा आएको चिनियाँ पर्यटकको टोली आज चिन फर्किएको छ भने पोखरा देखि चिनको छेन्दु लगायतका शहरमा पुगेको टोली मंगलबारै स्वदेश फर्किएको हो । मंगलबार छेन्दुबाट बिहान करिब ९ः०० बजे उडान गरेको छेन्दु एअरलाइन्स कम्पनीको जहाज करिब ३ घण्टामा पोखरामा अवतरण गरेको थियो जसमा १ सय २३ जना यात्रु रहेका थिए । त्यसै गरी पोखराबाट चिनिया टोली चिन तर्फ… पुरा पढौ

व्यावसायिक तथा सिप विकास तालिम केन्द्रद्वारा विभिन्न सीपमूलक तालिम संचालन

पोखरा, गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक (पाक शिक्षा)तथा आधारभूत कटाई सिलाई तालिम सुरु गरेको छ। तालिमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले मंगलबार एक समारोहबीच गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले प्रदेश सरकार युवाहरूलाई दक्ष जनशक्ति बनाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।… पुरा पढौ

नेपाल पर्यटन बाेर्डले पहिलो पटक चिनकाे छाेङसिङमा गर्याे सेल्स मिसन कार्यक्रम, चिन भ्रमणमा रहेकाे टाेली मंगलवार पाेखरा फर्किदै

दीननाथ बराल,चिन, छाेङसिङ, ११ चैत, नेपाल पर्यटन बाेर्डले पहिलो पटक चिनकाे छाेङसिङमा सेल्स मिसन (  बी टु बी ) कार्यक्रम गरेकाे छ । गण्डकी प्रदेश सहित नेपालकाे पर्यटन प्रबर्द्धन गर्न चाईनाकाे छाेङसिङमा पहिलाे पटक चिनियाँ पर्यटक पाेखरा सहित नेपालका पर्यटन व्यावसायि बिच सेल्स मिसन कार्यक्रम आयाेजना गरिएकाे नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताउनु भयाे । चिनकाे छेन्दु र छोङसिङमा हालै आयाेजना भएकाे सेल्स मिसन कार्यक्रममा पाेखरा सहित समग्र नेपालका र चिनियाँ टुर तथा गाईड सहित पर्यटन व्यावसायिक… पुरा पढौ

नेपाल र पोखराको पर्यटन प्रबद्र्धन गर्न चिनियाँ शहरमा पोखरेली, पोखरा देखि छेङ्दु नियमित उडान गर्न व्यवसायीको माग

चिन,छेन्दु ७, चैत, यति वेला पोखराका पर्यटन व्यवसायीहरु चिनिया शहरमा पर्यटक बोलाउन आएका छन् । पोखरा महानगरपालिकाको नेतृत्वमा पोखराका पर्यटन व्यवसायीहरु नेपाल र पोखराको प्रवद्र्धन गर्न गर्दै चिन भ्रमणमा रहेका छन् । पोखराका मेयर धनराज आचार्यको नेतृत्वको २६ सदस्य टोलीले चिनको ९ करोड जनसङख्या भएके प्रान्त सिचुवान प्रशान्तका विभिन्न शहरहरुमा प्रबद्र्धन गर्दै चिनिया पर्यटकलाई नेपाल र पोखरा आउन निमन्त्रणा समेत गरिएको छ । टोलीले छेङदुका टूर अपरेटरसँग छलफल गरेका छन् । उनीहरुले नेपालमा चीनया पर्यटक कसरी बढी ल्याउन सकिन्छ भनेर… पुरा पढौ

फोहोरलाई मोहोरमा परिणत गर्दै पोखरामा सुरु भयो अर्बको लगानीमा हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घर निर्माण

पोखरा ४, चैत्र, पोखरामा पटक पटक फोहोर व्यबस्थापन गर्ने बिषयले टाउको दुखाई भएको अबस्थामा अब भने अर्ब भन्दा बढी लगानीमा फोहोरलाई मोहोरमा परिणत गर्ने गरी महत्वकाक्षि योजना सुरु भएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घर निर्माण गरिने भएको छ । उक्त परियोजना अन्र्तगतको घरको आज (सोमबार) एक समारोहका बिच शिलान्यास गरिएको पोखरा महानगरपालिकाले जनाएको छ… पुरा पढौ

पोखरामा पर्यटक आकर्षण गर्न फेवा महोत्सव हुने

पोखरा, ४ चैत, पर्यटनको राजधानि पोखरामा पर्यटक आकर्षण गर्न फेवा नव बर्ष महोत्सव २०८२ हुने भएको छ । पर्यटनको दोश्रो सिजनको रुपमा मानिने यस मौसममा आन्तरिक तथा बाह्यि पर्यटकलाई आकर्षण गर्न यस बर्ष पनि नेपाली नयाँ बर्षको अवसरमा उक्त महोत्सव हुने भएको आज(सोमबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ को तयारी तीव्र रुपमा अगाडि… पुरा पढौ

पर्यटन सिजन सुरु भएसंगै पोखरामा होटल अकुपेन्सि ४० प्रतिशत, पोखरा भ्रमण बर्ष २०२५ भरी होटल आवासमा २० प्रतिशत छुट

दीननाथ बराल, पोखरा ३, चैत, पर्यटनको राजधानि पोखरामा हाल होटल अकुपेन्सि करिब ४० प्रतिशत रहेको छ । पर्यटनको दोश्रो सिजनको रुपमा मानिने (मार्च, अप्रिल र मे) को सिजन सुरु भएसंगै पोखरामा हाल होटल अकुपेन्सि करिब ४० प्रतिशत रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । पोखरामा हाल भारतिय करिब १०, तेश्रो मुलुकका पर्यटक करिब १० र आन्तरिक पर्यटक भने २० प्रतिशत जसो रहेको उहाँले उल्लेख गर्नुभयो । होली पर्वको दिनमा पोखराको लेकसाइडको सडकै भरी देखिएको थियो नी… पुरा पढौ

टेम्पल ट्रि १५ औं वर्षमा, कर्मचारीलाई सम्मान सहित आश्रमलाई सहयोग

पोखरा, २ चैत्र, पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले स्थापनाको १४ वर्ष पुरा भई १५ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा रिसोर्टले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । रिसोर्टमा लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान वर्ष उत्कृष्ट कर्मचारीलाई मेडल सहित सम्मान प्रदान गरेको छ । वर्ष उत्कृष्ट कर्मचारीको उपाधि तिर्थराज अधिकारीले पाए । त्यसै गरी दिर्घ सेवा पुरस्कारबाट रामकृष्ण कडेल १० वर्ष तथा निर्मला विष्ट, सविन पौडेल र अमित घलेले ५ वर्षदेखि रिसोर्टमा काम गर्दै आएमा उनीहरुले दिर्घ… पुरा पढौ

विदेशी पर्यटकसंगै मनाए पोखरेलीले होली पर्व (भिडियो सहित)

दीननाथ बराल,पोखरा २९, फागुन, विदेशी पर्यटकसंगै पोखरेलीले पनि होली पर्व मनाउनु भएको छ । पर्यटनको राजधानि पोखरामा विदेशी पर्यटकसंगै रमाउदै होली पर्व हर्स उल्लाहासका साथ मनाइएको रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखराक्लिकलाई बताउनु भयो । नेपालीहरुको चार्ड होली पर्वको बारेमा विदेशी पाहुनाहरुलाई जानकारी गराउदै पोखराको अम्वोटदेखि गौरीघाट, बाराहीघाट, सेन्टर प्वाइट, हल्लनचोक हुदै खहरेचोकसम्म स्वदेशी तथा विदेशीहरु बिच सामुहिक रुपमा होली पर्व मनाइएको अध्यक्ष पौडेलले बताउनु भयो । यसै सम्बन्धि एक भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=7bXulABCSYM पोखराको… पुरा पढौ