खेलकुद

राइड शेयरिङ एप्सलाई मान्यता नदिन चेतावनी

दीननाथ बराल,पोखरा २४, पुष, राइड शेयरिङ एप्सलाई मान्यता नदिन पोखरा क्षेत्रका मजदुर तथा व्यवसायीहरुले चेतावनी दिएका छन् । उक्त एप्सलाई सरकारले मान्यता दिन लागेको भन्दै यहाँका मजदुर र व्यवसायीहरुले आज(बुधबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत सरकारलाई चेतावनी दिएका हुन् । एकिकृत यातायात मजदुर संगठन नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा गठनमा आबद्ध मजदुर सहित विभिन्न व्यवसायमा आवद्ध व्यवसायीहरुले नेपालमा अबैधानिक रुपमा रहेको राइड शेयरिङ एप्सलाई कानून संसोधन गरेर कानूनी मान्यता दिए त्यसका बिरुद्ध आन्दोलन गर्न आफुहरु तयारी अबस्थामा… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने, बिजेतालाई २ लाख पुरस्कार

पुष २४, हेमजा, कास्कीको माछापुच्छ्रे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप ,गण्डकी प्रदेश अन्तरपालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ गर्ने भएको छ । खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताए । माछापुच्छ्रे–७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म चल्ने पुरुष भलिबल प्रतियोगिताको बिजेताले उपाधिसँगै नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कप र सनराइज ड्राइभिङ स्कुल बीच सम्झौता सर्वाधिक गोलकर्ताको पुरस्कार प्रायोजन

पोखरा, २३ पुस, २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ मा सनराइज ड्राइभिङ स्कुल पनि जोडिएको छ । उक्त संस्थाले फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पुरस्कार राशि प्रायोजन गरेको हो । सो सम्बन्धमा आयोजक सहारा क्लब पोखराका तर्फबाट अध्यक्ष केशवराज बराल र ड्राइभिङ स्कुलका तर्फबाट अध्यक्ष वसन्त भट्टचनबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त अवसरमा सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, पूर्व कोषाध्यक्ष राजु लालचनसमेतको उपस्थिति थियो । संस्थाले सर्वाधिक गोलकर्तावापत् ५० हजार प्रदान गर्नेछ । पोखरामा लामो समयदेखि… पुरा पढौ

फागुन ३ मा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा सहभागि हुन खेलाडीहरुको नाम दर्ता गर्न सुरु, साप्ताहिक/मासिक दौड हुने

दीननाथ बराल,पोखरा २३, पुष, नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा आउँदो फागुन ३ गते १९ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता २०८१ हुने भएको छ । उक्त प्रतियोगितामा सहभागि हुनको लागि खेलाडीहरुको नाम दर्ता गर्न सुरु गरिएको मञ्चका अध्यक्ष दील बहादुर गुरुङले मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउनु भएको हो । यसपालीको म्याराथन सहितको विभिन्न इभेण्टको दौड प्रतियोगिता सहित रन फर फनमा गरी १० हजार जना धावक सहभागि गराउने लक्ष्य राखिएको निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुलीले बताउनु… पुरा पढौ

भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता पुस अन्तिम साता पोखरामा हुने

पोखरा २३, पुष, पोखरामा भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा ३, तेर्सापट्टिमा रहेको भिन्तुना युवा क्लबको आयोजनामा यही पुस २६ र २७ उक्त प्रतियोगिता हुने भएको क्लवले जनाएको छ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपौँया, उपिवजेता हुने टोलीले ५५ हजार ५५५ रुपौँयासिहत ट्रफी, मेडल प्रमाणपत्र पाउने अर्थ संयोजक राजन श्रेष्ठ ले जानकारी दिनुभयो ।यस्तै, प्रतियोगितामा विधा तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डरले सामान ५ हजार पाउने छन् भने फेयर प्ले… पुरा पढौ

विहिबार देखि सुरु हुने पोखरा महोत्सवको तयारी पूरा

पोखरा २३, पुष, पर्यटनको राजधानि पोखरामा यही पुष २५ देखि पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । युनाईटेड क्लव पोखराले मंगलबार महोत्सव स्थल अमरसिंह चौरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । माघको ७ गते सम्म चल्ने उक्त महोत्सवबाट शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षण संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको युनाईटेड क्लबले १३ औं संस्करणको पोखरा महोत्सवदेखि युनाईटेड छात्राबास… पुरा पढौ

खेलाडीलाई नगद पुरस्कार नदिएको आरोपमा दुई जना युवा पोखरामा पक्राउ

दीननाथ बराल, पोखरा २३, पुष, खेलकुदको शहर पोखरामा खेलाडीलाई नगद पुरस्कार नदिएको आरोपमा दुई जना युवा पक्राउपर्नु भएको छ ।“पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियन सीप–२०२४” का विजेता खेलाडीलाई पुरस्कार नदिएको आरोपमा कास्की प्रहरीले उक्त खेल संचालक तथा निर्देशक जगत डोली र पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्रीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । गत चैत २३ र २४ गते पोखरा राईडर्स क्लबको आयोजनामा पोखरा २३ बाम्दीमा संचालन भएको उक्त प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कार वापतको नगर रकम नदिएको आरोपमा अछाम सिउडी… पुरा पढौ

सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ मन्त्री थापा

पोखरा २२, पुष, गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको सहकार्यमा भएको प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग “सूचनाको अधिकार ः कार्यान्वयनको चुनौति” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी तथा सार्वजनिक निकायहरूको काममा उत्तरदायित्व, पारदर्शिता र लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गर्नका लागि नागरिकको सूचनामा पहुँच अपरिहार्य रहेको उल्लेख गरेका हुन् । मन्त्री थापाले सूचनाको हकसम्बन्धी ऐनको… पुरा पढौ

कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतम राज लामा योन्जन चयन

पोखरा २२, पुष, कास्की जिल्ला टेबल टेनिस संघको अध्यक्षमा गौतमराज लामा योन्जन चयन भएका छन् । संघको २० औं साधारण सभा तथा ७ औं अधिवेशनले योन्जनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा मुना थापा, द्वितिय उपाध्यक्षमा रविनाथ पन्त, सचिवमा दिपक भण्डारी, सहसचिवान रविन्द्र कट्टेल, कोषाध्यक्षमा देव भुजेल, कार्यसमिति सदस्यमा किसान जिसी, आस्था केसी, तिलक थापा, सोनिम गुरुङ र समिक्षा पोख्रेल रहेका छन् । यस अघि सभाको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख… पुरा पढौ

अन्तर्राष्ट्रिय सम्मेलनले गण्डकी प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने मन्त्री थापाको विश्वास

पोखरा २१, पुष, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकी विश्वविद्यालयको आयोजनामा भएको “गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलन–२०२५” ले प्रदेशको शिक्षा र अनुसन्धानमा योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । पोखरामा “उच्च भविष्यका लागि नेटवर्किङ माइन्ड्स” विषयलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त सम्मेलनको महत्वलाई उनले उजागर गरेका हुन् । मन्त्री थापाले गण्डकी प्रदेशलाई शिक्षा, अनुसन्धान र सामाजिक विकासको केन्द्रका रूपमा स्थापित गर्ने दिशामा यस किसिमका अन्तर्राष्ट्रिय मञ्चहरूको भूमिका निर्णायक हुने बताए । उनले डा। सन्दुक रुइतजस्तो… पुरा पढौ