खेलकुद

प्रदीप मेमोरियल बास्केटबलः पुरुषतर्फ छोम्रोङ र महिलातर्फ ताङतिङ च्याम्पियन बल्कु र गरिशा एमभिपी घोषित

पोखरा, ६ पुस, कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा सम्पन्न पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ छोम्रोङ बास्केटबल समूह च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको फाइनल खेलमा रामघाटलाई ६५–४८ को अंकसहित पराजित गर्दै छोम्रोङ च्याम्पियन बनेको हो । च्याम्पियन बनेको छोम्रोङले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता बनेको रामघाटले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो ।… पुरा पढौ

त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा सुदिन

लेखनाथ÷पौष ०६ त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा सुदिन मोहन भट्टराई चयन भएका छन् ।समितिको शुक्रबार सम्पन्न साधारण सभा समितिको उपाध्यक्षमा सुजन ओझा, सचिवमा कविता भट्टराई, सहसचिवमा विपना गान्धारी र कोषाध्यक्षमा अनिषा तिवारी चयन भएका छन् । यसैगरी सदस्यहरुमा दुर्गा बानिया, समिक्षा ण्काल, स्वछन्द आत्रेय, प्रताप बि.क, लक्ष्मी सुनार, रक्ष्मी अधिकारी, सागर तिवारी, विपना पौडेल र भावुक पौडेल चयन भएका छन् । त्यसैगरी समिक्षा थापा, मञ्जुखत्री र हेमा गौतम रहेको सांस्कृतिक उपसमिति, नम्रता सुवेदी, शोभा पौडेल… पुरा पढौ

यही पुष १३ गते सातौ संस्करणको दूर दि पोखरा हुने, साइक्लिस्टहरुको नाम दर्ता सुरु

दीननाथ बराल,पोखरा ५, पुष, सुन्दर नगरी पोखरामा यही पुष १३ गते (शनिबार) सातौ संस्करणको दूर दि पोखरा २०८१ हुने भएको छ । साहसिक खेलको प्रबद्र्धन गर्र्ने उद्धेश्यले साइकल सिटी पोखराको आयोजनामा हुने उक्त दुरी दी पोखराको तयारी तिव्र पारिएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । “स्वास्थ्य वातावरण वा पर्यटनका लागि साइकल” भन्ने नाराका साथ आयोजना हुने टुर दी पोखरामा देशका विभिन्न स्थानबाट करिब ५ सय साईक्लिस्टहरु सहभागि हुने भएको साइकल सिटी पोखराका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले… पुरा पढौ

प्रतिभा माविमा फुटसल प्रतियोगिता

पोखरा, पुस ५, पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शुक्रबारदेखि अन्तर सेक्सन फुटसल प्रतियोगिता सुरु भएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रहरुले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिता दुइदिनसम्म चल्नेछ । विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयका छात्रहरुले समूह बनाएर प्रतिश्पर्धा गरेका छन् । प्रतियोगिता संयोजक राकेश जोशीका अनुसार विद्यालयको वार्षिक खेलकुद कार्यक्रम अन्तरगत शुक्रबारदेखि फुटसल प्रतियोगिता आयोजना गरिएको हो । वार्षिक खेलकुदका केही प्रतियोगिता यसअघि नै सकिएका छन् ।जोशीका अनुसार प्रतियोगितमा विभिन्न ३३ वटा समूहले भाग लिएका… पुरा पढौ

खेलकुद शिक्षासँगै विद्यार्थीको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिका प्रशंसनिय ः मन्त्री थापा

पोखरा ३, पुष, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले खेलकुद शिक्षासँगै विद्यार्थीहरुको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिकाको प्रशंसा गरेका छन् । गण्डकी विश्वविद्यालयद्वारा पोखरा रंगशालामा आयोजित दोस्रो संस्करणको कुलपति रनिङ्ग शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको बुधबार समापन कार्यक्रममा बोल्दै उनले यस प्रकारको प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । विश्वविद्यालयले खेलकुदको शिक्षा संगै विद्यार्थीहरुको बहुआयामिक विकासमा समेत उत्तिकै भूमिका खेलेको बताउँदै मन्त्री थापाले भने–“प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना हुनु पर्छ भनेर नै… पुरा पढौ

शहिद स्मृति माविले जित्यो दोस्रो कुलपति रनिङ शिल्ड फुटबलको उपाधि

पोखरा ३, पुष, गण्डकी विश्वविद्यालयको आयोजनामा भएको दोस्रो कुलपति रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि शहिद स्मृति माध्यमिक विद्यालयले जितेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा स्टेप बाई स्टेप माध्यमिक विद्यालयलाई हराउँदै शहिद स्मृति कुलपति रनिङशिल्डको उपाधि जितेको हो । निर्धारित समयमा २–२ मा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा ४–२ ले पराजित गर्दै शहिद स्मृतिले कुलपति रनिङशिल्डको उपाधि जितेको हो । स्टेप बाई स्टेपले सुरुआति ४ पेनाल्टीमा २ गोल मात्र गर्न सक्यो । शहिद स्मृतिले ४ वटै गोल गर्दै… पुरा पढौ

घलेलमा २६ औं ल्होछार उत्सव हुँदैं, भलिबल प्रतियोगिताको उपाधि राशी ६५ हजार, घोडा दौड तर्फ ४० हजार

पोखरा, ३ पौष, तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव हुने भएको छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी पुष १५ देखि २१ गतेसम्म २६ औं संस्करणको ल्होछार उत्सव आयोजना गरिने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार घलेल ल्होछार उत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल, प्रौढ भलिबल, ठेलो, रस्साकस्सी, सामुहिक नृत्य, घोडा दौड लगायतका प्रतियोगिता समावेश गरिएको छ । अध्यक्ष गुरुङले गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई… पुरा पढौ

गण्डकी बोर्डिङमा वार्षिक खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने

पोखरा, २ पुस, गण्डकी बोर्डिङ स्कुल, लामाचौरमा बुधबारदेखि वार्षिक खेलकुद, सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी एवं रमाइलो मेला सुरु हुँदैछ । विद्यालय परिसरमा ३ दिनसम्म चल्ने कार्यक्रममा पहिलो २ दिन विभिन्न इभेन्ट्समा खेलकुद क्रियाकलाप हुनेछन् । अन्तिम दिन शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम र रमाइलो मेला हुने विद्यालयका मावि सुपरभाइर शान्तबहादुर विकले जानकारी दिए । बुधबार बिहान साढे १० बजे सुरु हुने खेलकुदमा कक्षा ४ देखि १२ विद्यार्थीले भाग लिने छन् । उद्घाटन अवसरमा विद्यार्थीले मार्चपास गर्ने छन् । यसैगरी, विभिन्न दूरीमा… पुरा पढौ

पुष १३ देखि पोखरामा संचालन हुने ‘ड्रागन बोट रेस फेस्टिभल’ मा ३ देशका २० टिम सहभागि हुने

दीननाथ बराल, पोखरा २, पुष, पोखरामा यहीे पुष १३ देखि दोश्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’ हुने भएको छ । यहीे पुष १५ गतेसम्म पोखराको फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चिन र श्रीलङकाका खेलाडीहरु सहभागि हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा हुने प्रतियोगितामा नेपाल, चाइना र सिंङगापुरको एक टोली सहित २० टोलीको सहभागि हुने भएको पोखरा महानगरपालिकाका मेयर धनराज… पुरा पढौ

प्रदीप मेमोरियल बास्केटबलको तयारी तिब्र

पोखरा १ पुष, कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा आयोजना हुने पहिलो संस्करणको खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । चैंपरे लेम भाईखलक घान्द्रुकको आयोजनामा यही पौष ३ गतेदेखि ६ गतेसम्म पोखरा १० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा हुने प्रतियोगिताको तयारी तिब्र पारिएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।उनका अनुसार खुला पुरुषतर्फ अहिलेसम्म कुल १४ टिम र महिलातर्फ ४ टिमको दर्ता भएको छ । संयोजक गुरुङले अन्य टिम पनि दर्ता गर्नका लागि… पुरा पढौ