पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीको प्रायोजनमा सहारा क्लब पोखराको निरन्तरता

-


     पोखरा क्लिक     
     चैत्र २४ गते २०८१ मा प्रकाशित


नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को उदियमान खेलाडी पुरस्कार सहारा क्लब पोखराले प्रायोजन गर्ने भएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २० वैशाख २०८२ मा हुने नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको वर्ष उदीयमान खेलाडीको पुरस्कार प्रायोजन सहारा क्लब पोखराले गर्ने भएको हो ।क्लबले उक्त विदामा विगत ८ बर्ष देखी निरन्तर रुपमा प्रायोजन गर्दै आएको छ । आइतबार एक कार्यक्रमका बिचमा सहारा क्लबले यस वर्ष समेत उदियमान खेलाडी पुरस्कार प्रायोजन गर्ने मञ्चका अध्यक्ष मानबहादुर घर्ती ९एमबी आस्था० ले जानकारी दिए ।

मिति घोषणासँगै अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारी सुरु भइसकेको उनको भनाइ छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई ऊर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आइरहेको छ ।

अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने अध्यक्ष घर्तीले जनाए । उक्त कार्यक्रममा सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, महासचिव रामजी अधिकारी, मञ्चको तर्फबाट अध्यक्ष सहित उपाध्यक्ष राजाराम पौडेल, कोषाध्यक्ष विमल तिवारी लगायतको सहभागिता रहेको थियो ।

अर्वाडमा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको विशेष सहयोग समेत रहेको मञ्चले जनाएको छ ।



This will close in 20 seconds