खेलकुद

काठमाडौँमा हुने एभिएसन फुटसलको ट्रफी पोखराको आकाशमा अनावरण (भिडियो सहित)

दीननाथ बराल, पोखरा, १० माघ, नेपाली एभिएसन खेलकुदको इतिहासमै पहिलो पटक नयाँ कीर्तिमान कायम गर्दै काठमाडौँमा आयोजना हुन गइरहेको गीता एभिएसन फुटसल सिजन–२ को ट्रफी पोखराको आकाशमै अनावरण गरिएको छ । पोखराको पामे क्षेत्रमा आयोजित विशेष ट्रफी रिभिल(सार्वजनिक) कार्यक्रममा आठवटै सहभागी टिमका कप्तानहरू हट एयर बलुन मार्फत आकाशमा उडान भरी ट्रफी सार्वजनिक गरिएको आयोजकले पोखराक्लिकलाई जनाएको छ । https://www.youtube.com/watch?v=AycnHHR4ZDk आगामी फेब्रुअरी १४ (फागुन २ गते) काठमाडौँमा आयोजना हुन गइरहेको एभिएसन फुटसल टुर्नामेन्टको पूर्वसन्ध्यामा गरिएको यस अनौठो तथा आकर्षक कार्यक्रमले प्रतियोगिताको… पुरा पढौ

टाइगर कपः प्रतिष्पर्धात्मक खेलमा पर्वत भलिबल संघसँग पुलिस स्तब्ध

पोखरा, छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत भलिबलले पुलिसलाई ३–२ को सेटमा स्तब्ध पा¥यो । https://www.youtube.com/watch?v=CBSwODFfYp0 पहिलो सेट २५–२२ र दोस्रो सेट ३१–२९ ले आफ्नो पक्षमा पारेको पर्वतले त्यसपछि दुई सेट गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो । पुलिसले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८… पुरा पढौ

उत्सव र पर्व भन्दा कम छैन पोखरा महोत्सव, पोखरा महोत्सवः विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि कास्की मोडनाइज्डलाई

पोखरा, पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना गर्दै आइरहेको छ । एकै समयमा हुने भएकाले पनि दर्शकहरुले पोखरा महोत्सवलाई उत्सव र पर्वकै रुपमा हेरेर पोखरा महोत्सवमा आउने गरेको महोत्सव आयोजक युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । पोखरा र आसपासमा आयोजना हुने मेला महोत्सवहरुको निर्धारित समय नहुने कहिले त पोखरा महोत्सव संगै समेत… पुरा पढौ

फागुन ७ गतेदेखि पोखरा २२ मा दोस्रो त्रिभुवन स्मृती कप ५ ए साइड फुटवल प्रतियोगिता हुने

पोखरा, पोखरा–२२ को परिवर्तन युवा क्लबको आयोजनामा आउँदो फागुन ७ गतेदेखि दोस्रो त्रिभुवन स्मृति कप ५ ए साइड फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएको छ । खेलकुदको विकास सहित खेलाडी उत्पादन गर्ने उद्धेश्यले क्लवले दोस्रो सस्करणको उक्त प्रतियोगिता फागुन ९ गतेसम्म पोखरा २२ को सिम्लेपाखा खेलमैदानमा संचालन हुने तयारी गरिएको शनिबार पोखराको शिल्भर प्लेट पार्टी प्यालेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । “समाज निर्माणमा आजका युवा र खेलकुद” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो प्रतियोगिताले खेलकुदमार्फत युवालाई… पुरा पढौ

स्याङजाको होराइजन क्लव २६ औं आदर्श कपको सेमिफाइनलमा प्रबेश

दीननाथ बराल, पोखरा, १० माघ वालिङ—स्याङजाको होराइजन क्लब पोखरामा जारी २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आदर्श युवा क्लवको आयोजनामा पोखरा २९ भण्डारढिक खेल मैदानमा जारी उक्त प्रतियोगिता अन्र्तगत शनिबार भएको क्वाटरफाइनल खेलमा होराइजन क्लवले आयोजक आर्दश युवा क्लव माथि १—० को गोल अन्तरले पराजित गरेको हो । होराइजनको जितमा विश्व थापाले निर्णायक गोल गर्नुभयो । खेलको ८१ औ मिनेटमा उहाँले गरेको हेड गोल नै निर्णायक बन्न पुग्यो । सन्दीप श्रेष्ठले प्रहार गरेको वल… पुरा पढौ

पिएम कप ः लेखनाथ र अरण्यज्योति विजयी

पोखरा, प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा लेखनाथले गण्डकी स्पोट्र्स क्लबलाई ४८ रनले हराएको छ भने अरण्यज्योतिले एभरेष्टलाई १९३ रनले हराएको छ । लेखथनामा लेखनाथ क्रिकेट क्बलले गण्डकी स्पोट्र्स क्लबलाई हराएको हो । १९१ रनको विजयी लक्ष्य पाएको गण्डकी ४१ ओभरमा १३७ रन बनाउँदै अलआउट… पुरा पढौ

२६ औँ आदर्श कप पोखरामा सुरु, उद्घाटन खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशको विजयी सुरुवात

दीननाथ बराल,पोखरा, ९ माघ, पोखरा–२९ भण्डारढिकमा रहेको आदर्श युवा क्लबको आयोजनामा आज (शुक्रबार) देखि २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा घरेलु टिम कास्की जिल्ला फुटबल संघ (कास्की ११) लाई पराजित गर्दै नेपाल प्रहरी गण्डकी प्रदेशको टोलीले टाईब्रेकरमा ५—३ को गोल अन्तरले पराजित गरेको हो । ४५÷४५ मिनेटको निर्धारित समय मा दुबै तर्फ एक÷एक र थपिएको १०÷१० मिनेटको अतिरित्त समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल टाईब्रेकरमा पुगेको हो ।… पुरा पढौ

पिएम कप ः सांग्रिलाको लगातार दोस्रो जित

प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको शुक्रबार भएको खेलमा सांग्रिलाले लेकसाइड क्रिकेट क्लबलाई १३४ रनले हराउँदै दोस्रो जित निकालेको हो । लेकसाइडले बलिङतर्फ उत्कृष्ट प्रदर्शनी गरेपनि ब्याटिङमा भने निकै कम्जोर देखियो । १८७ रनको विजयी लक्ष्य पाएपनि लेकसाइड १७ ओभरमा ५२ रनमै अलआउट हुन पुग्यो । लेकसाडका केशव सुनार र सुमित रौनियार बाहेक अन्य ब्याटरले खासै अंक जोड्न… पुरा पढौ

एनसेल छैटौँ टाइगर कप भलिबल पोखरामा सुरु (भिडियो), एपीएफ, आर्मी र न्यू डायमण्डको विजयी सुरुवात

दीननाथ बराल, पोिखरा ९, माघ, विभागिय टोली शसस्त्र प्रहरी बलको (एपीएफ), त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोट्र्स क्लबले विजयी सुरुआत गरेका छन् । पोखरामा आज (शुक्रबार) देखि सुरु भएको एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब भलिबल प्रतियोगितामा पहिलो दिनको खेलमा पुरुष तर्फ जित हासिल गर्दै एपिएफ र आर्मीले विजयी सुरुवात गर्दा महिला तर्फ न्यू डायमण्डले विजयी सुरुवात गरेको हो । https://www.youtube.com/watch?v=uYiONMFbbAQ पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यु… पुरा पढौ

पोखरा १५ बृहत खेलकुद महोत्सवः विद्यालय स्तरीय ५ किमि दौडमा बिजय र समृद्धि बिजयी

पोखरा, पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले हात पारेका छन । निर्धारित दुरी पाँच कि.मि. ८ मिनेट ४० सेकेण्ड २४ मिलिसेकेण्डमा पार गर्दै बिकले दौडको उपाधि जितेका हुन । दौडमा सेन्ट फ्रान्सिसकै राज परियारले निर्धारित दुरी ८ मिनेट ५४ सेकेण्ड ५४ मिलिसेकेण्डमा पार गर्दै दोस्रो भए । त्यसैगरी केल्स एकेडेमीका आनन्द कुँवरले निर्धारित दुरी ८ मिनेट ५५… पुरा पढौ